अर्काको श्रीमती भगाउनु थियो भने मलाई माग्न आएर नौमती वाजा बजाएर किन विवाह गर्नुभयो ? अब यो छोरालाई म के जवाफ दिउँ

इनेप्लिज २०७८ वैशाख २८ गते ९:५७ मा प्रकाशित

श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए।सानो छोरा पनि अहिले अलि ठूला भएछन्।तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन।उनले अर्काकै श्रीमती लिएर हिडेका हुन्।

तर पनि अहिले पनि म खुसी नै छु।श्रीमतीलाई छोरालाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै खुसी छु।उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन।

मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त ? श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन। आफ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भएका कारण श्रीमती अहिले पनि श्रीमानको माया लाग्ने बताउँछिन्।

धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो।झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो।

छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्काको श्रीमती लिएर हिडेका थिए । श्रीमतीले आफुलाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन्।

उनीहरुको भेट धनकुटाको चौविसे गाउँपालिकामा भएको हो।मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजाएर नै विवाह गरेका थिए।तर उनको मन किन भरियो ? त्यसको कुनै कारण छैन।

भिडियो हेर्नुस्

प्रतिक्रिया