क्यानडामा लोकप्रिय गायक स्व. प्रेमध्वज प्रधानको स्मृतिमा सांगितिक श्रद्दान्जली कार्यक्रम

इनेप्लिज २०७८ वैशाख २८ गते २:४३ मा प्रकाशित

टोरोन्टो, नेपालका लोकप्रिय गायक एबम “गोल्डेन भ्वाइसः” उपनामले प्रख्यात स्व.प्रेमध्वज प्रधानको स्मृतिमा क्यानेडियन नेवा गुथिले हालै भर्च्युयल रुपमा सांगितिक श्रद्दान्जली कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा श्रदान्जली अर्पण गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले सिद्धस्त गायक प्रेमध्वज प्रधानको देहाबसानले नेपालको सांगितिक क्षेत्रमा अपुरणिय क्षति पुगेको छ भन्नु हुदै उहां`को कालजयी गीतहरु मार्फत उहाँ नेपालीहरुको मनमा सदैब अमर रहि रहने छ भन्नु भयो।

स्व.प्रेमध्वज प्रधानको जीबन यात्रा बारे प्रकाश पार्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले स्व.प्रधान बाल्यकाल देखिनै संगीत क्षेत्रमा लाग्दै आउनु भएको र प्रतिकुल अबस्थामा पनि संघर्ष गर्दै, लगनशिलता देखाउदै सांगीतिक शिखरमा पुग्न सफल हुन भएको बताउनु भयो।शालिन ब्यक्तित्वका धनि स्व.प्रेमध्वज प्रधान गीत रेकर्डको क्रममा भारतमा जादा त्यहाँका मुर्धन्य संगीतकारहरुले भारतमै बसि गायन क्षेत्रमा योगदान गर्न सुझाएकोमा आफ्नै देश नेपालमै बसेर सेवा गर्ने भाबना अनुरुप नेपाल फर्कनु भएको बताउनु भयो। “अनुशासित गायक नै गन्तब्यमा पुग्छ” भन्ने मान्यता राख्ने स्व. प्रधान आफ्नै नाममा संगीत प्रतिष्ठान खोल्ने उहाँको इच्छा रहेको उपाध्यक्ष माकजुले बताउनु भयो।

गुठिका महासचिब बिमल श्रेष्ठले स्व.प्रधान संग बिदेश यात्राको क्रममा संयोगले एकपटक एउटै जहाजमा संगै यात्रा गर्दा उहांको ब्यक्तित्व र शालिनता बारेमा प्रत्यक्ष अनुभब गर्न पाएको बताउनु भयो।गुठिका सचिब डा.प्रज्वल प्रधानले स्व. प्रधानका नेपाल भाषा तथा नेपालीका गरि ७०० भन्दा बढि गीतहरु रेकर्ड भएको थियो भन्नु भयो।सिटार बादक रंजना सैन्जुले आफ्नो बाल्यकालमा स्व. प्रधान, नातीकाजी लगायतका हस्तिहरुसंग आफ्नै निबासमा साक्षात्कार गर्न पाएको सम्झना गर्नु भयो।सो कार्यक्रममा सबैले उहाँ प्रति श्रद्दा सुमन अर्पण गरेका थिए।

कार्यक्रमको शुरुमा रंजना सैन्जु र अमर सैन्जु दम्पतिले उहाँको नेपाल भाषाको प्रसिद्द गीत ‘राजमति कुमति जिके व सा पिरति” को धून सिटार र ताल बाजामा प्रस्तुत गर्नु भएको थियो भने स्व. प्रधानप्रति सांगितिक सुमन स्वरुप श्याम श्रेष्ठ,नरेश ताम्राकार,मधुर राजभण्डारी,डा.बिजय झा,बिमल श्रेष्ठ,डा.प्रज्वल प्रधान, लक्ष्मण मुनि श्रेष्ठ,डा.हरि गुरुङ,बिनोद श्रेष्ठ,प्रकाश प्रधान,रबिन प्रधान,सुमन राजबन्सी,डा.उद्दब श्रेष्ठ,उत्तम माकजु लगायतले उहाँका सदाबहार नेपाल भाषा, नेपाली आधुनिक तथा लोकगीत हरु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया