प्रधानमन्त्री ओलीले संसदमा राख्नुभएको बिश्वासको प्रस्ताब अश्वीकृत , ओलीको पक्षमा ९३ बिपक्षमा १२४ मत

टंक पन्त २०७८ वैशाख २७ गते १३:३३ मा प्रकाशित

काठमाडौ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाउनुभएपछि उहां पद मुक्त हुनुभएको छ । उहां अर्को सरकार नबन्दा सम्म काम चलाउ प्रधानमन्त्री मात्र रहनुभएको छ।

बिश्वासको मत लिने उद्धेश्यले आह्वान गरिएको बिशेष अधिबेशनमा नेपाली काग्रेस , माओबादी केन्द्र ,जनता समाजबादीका केही सांसद र जनमोर्चाले बिपक्षमा मतदान गरेपछि प्रभानमन्त्री ओलीले बहुमत गुमाउनुभएको हो।

प्रधानमन्त्री ओलीले बिश्वासको मत माग्नु भएको प्रस्ताबमाथि भएको मतदानमा ओलीको पक्षमा जम्मा ९३ र बिपक्षमा १२४मत परेको थियो।मत दिन्न भन्ने पक्षमा १५ मत परेको थियो । जसपाका महन्त ठाकुर र राजेन्द्र महतो सहित १५ जनाले मत दिन्न भन्ने पक्षमा र जसपाकै उपेन्द्र यादब र डा बाबुराम भटराई सहित १७ जनाले बिपक्षमा मतदान गरेका थिए।

आजको बैठकमा २ सय ३२ जनाको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले बिश्वासको मत पाउन १ सय ३६ मत पाउनुपर्ने थियो।सो संख्याको बहुमत नभएकोले प्रधानमन्त्री ओलीले आफना लागि माग्नुभएको भएको बिश्वास मत अश्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो।

बिश्वासको मत प्राप्त नभएको पत्र संसद सचिवालयले राष्टपति कार्यालयमा पठाइसकेको छ। प्रधानमन्त्री काम चलाउ हुना साथ नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले संयुक्त बिज्ञप्ति जारी गरी सबिधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारंभ गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले बिश्वासको मत गुमाउनुभएपछि नयां सरकार बनाउनेगरी नेपाली काग्रेस , नेकपा माओबादी , जनता समाजबादीका उपेन्द्र यादब , डा बाबुराम भटराई पक्ष क्रियाशील भएको छ।

प्रधानमन्त्री पार्टी अध्यक्ष ओलीको कार्यशैली प्रति असहमति जनाउदै नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल पक्षका २८ जना सांसदहरु बैठकमा अनुपस्थित थिए । बैठक शुरु हुनुभन्दा अगाडि नै सामुहिक राजीनामा दिने तयारी गरेका नेपाल पक्षीय सांसदहरुले अझै पनि पार्टी एकता जोगाउन ओली पक्ष सकारात्मक हुन्छ कि भनेर राजीनामा रोकेको बरिष्ठ नेता नेपालले जानकारी गराउनुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बिश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले देश र जनताको पक्षमा निरन्तर लागेकोले मत दिन आग्रह गर्नुभएको थियो।तर प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले तीन बर्षमा सरकार पुर्ण रुपमा असफल भएको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले आफुलाई मत दिएमा स्थिरता हुने र संसद बिघटन कसैले गर्न गर्न नसक्ने बताउनुभएके छ । उहाले बिगतमा जे जस्तो भएपनि संबाद सहमतिका साथ अगाडि बढौ भनी आग्रह गर्नुभएको छ।

उहाले संसदले बहुमत नदिएमा मार्ग प्रशस्त गर्ने बताउनुभएको छ । बिश्वासको मत माग्ने सनदर्भमा पटक पटक आफुलाई मतदान गरेका स्थिरता आउने बताउनुभएको थियो ।
पुर्ब प्रधानमन्त्री समेत रहनुभएका देउवाले जति पनि बिकासका कुरा गरियो त्यो पुर्णत आधारहीन हो भन्नुभएको छ । उहाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न नसकिने र अब नयां सरकार बनाउन प्रक्रिया थालनी गरिने जानकारी गराउनुभएको छ।

सरकारले संसदलाई छलेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाउदै नेपाली काग्रेसका सभापति देउवाले संबिधान भन्दा माथि रहेर ओलीले हुकुमी शैली अपनाएको गंभीर आरोप लगाउनुभएको छ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले षडयन्त्रपुर्बक बिशेष अधिबेशन आह्वान गरेको भन्दै उहां अहिले पनि संसद बिघटनकै पक्षमा रहेको आरोप लगाउनुुभएको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आफैले बिघटन गरेको संसदमा कुन नैतिकताका अधारमा मत माग्नुभएके भनी प्रश्न गर्नुभएको छ।

जनता समाजबादीका महन्त ठाकुरले प्रधानमन्त्री ओलीलाई पक्ष वा बिपक्षमा मतदान नगर्ने बताउनुभयो भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादबले ओली सरकार पुर्ण असफल भएकोले उहाको बिपक्षमा मतदान गरिने बताउनुभएके छ । उहाले अर्को सरकार बनाउन लागि पर्ने जानकारी पनि गराउनुभएको छ ।

[email protected]

प्रतिक्रिया