मणिपाल अस्पतालमा बिरामीको आफन्त र डाक्टरबिच लफडा

इनेप्लिज २०७८ वैशाख २७ गते १०:१८ मा प्रकाशित


कोभिड संक्रमित एक पुरुषको मृत्यु पछि मणिपालमा उनका आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको बताएका छन्।दैनिक हजारौ तिरेर पनि उपचारमा उनीहरुले कमजोरी गरको बताए।बिहान ठिक भएको बिरामी अक्सिजन अभाबले ज्यान गुमाउनुपरेको दुखेसो पोख्दै उनीहरुले अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने बताए।अक्सिजन छ मेसिन छैन घरी मेसिनले काम गर्छ घरी ईरर आएर अक्सीजन बन्द हुन्छ मृतकका परिवारका सदस्यले खुलासा गरे।बिहान आईसियूमा लान भनियो तर आईसियूमा ठाउँ नै छैन,न बेड छ न अक्सिजन।बल्ल बल्ल अक्सिजन लगायो मेसिनले काम गर्दैन अक्सिजन नै पास हुँदैन।यस्तो काम नलाग्ने मेसिन राखेर मणिपालले बिरामीबाट लुटेको उनीहरुको आरोप छ।आईसियूमा ठाउँ नभए आफूहरुले अन्य अस्पतालमा लान सक्ने बताउँदै त्यहाका डाक्टरहरुले त्यसबारे कुनै जानकारी नदिई बसेको समेत उनीरुको गुनासो छ।उपचारमा संलग्न डाक्टरका अनुसार फोक्सोले अक्सिजन ग्रहण गर्न नसकेर ज्यान गएको बताउँछ।अरु कुरा बुझ्न अस्पताल प्रशासनमा जान समेत भनेको छ।

हेर्नुहोस् यो पीुडादायीक भिडियो।

प्रतिक्रिया