एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गरिदै

इनेप्लिज २०७८ वैशाख २६ गते ११:५१ मा प्रकाशित

लेगोस ,नाइजेरिया । कोरोना संक्रमणले मातृभूमिको स्थिति झनझन बिग्रदो अबस्थामा गए पछि अक्सिजन समेत नपाएर बिरामी स्वजनहरुको मृत्यु भइरहेको दु:खद स्थितिमा सहयोग पुरयाउन अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरु बाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सङ्ग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको छ ।

सधै झै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरूले आफ्नो स्वदेश प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको छ ।

अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी गराउनु भएको छ । अफ्रिका क्षेत्रको आजको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो , घाना , मोजाम्बिक एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा ,गुल्मी ,नवलपुर ,नवलपरासी र स्याङ्जामा ३५०,००० बराबरको ५५० सिलिन्डर रिफिल गरि बुटवलबाट लायन्स क्लब अफ बुटवल स्टारका सस्थापक अध्यक्ष लायन संदीप कशौधनको सहयोगमा पठाउने भएको छ ।

सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने छ । साथै युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत दुई नम्बर प्रदेशमा युगाण्डा , बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३००,००० बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने छ ।

यसै गरि अन्तर्राष्ट्रिय समितिकी महिला उप संयोजक मन थापाको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया , जाम्बीया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउदै जाने र आवश्यकता अनुसार अन्य जिल्लाहरूमा सहयोग गर्दै जाने छौ भन्नू भयो ।

आज सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देबी पौडेल , कङ्गो अध्यक्ष अमृत क्षेत्री , केन्या अध्यक्ष सुरज डुम्रे , तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई , सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगाएतको उपस्थिति थियो ।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गर्नु भएको र यो संकटमा पनि सधैँ झै योगदान पुर्याउने मा आफू विश्वस्त रहेको छु, भन्नू भयो ।

प्रतिक्रिया