गायक भुवन सिं थापाको मौलिक कौरा नाच रमाई रमाई भिडियो सार्वजनिक

इनेप्लिज २०७८ वैशाख २६ गते ९:५४ मा प्रकाशित

रङ्गिन घेराहरुमा चट्ट सुन गोहोरोले मोरेको रङ्गीबिरङ्गी खैजडीहरु लिएर जब युवाहरु आफ्नो मगर पहिरनमा सजिएर आँगनिमा खाल जमाएर गीत सुरु गर्दै हा..हा.. भन्दै खैजडिको ताल सुरु गर्छन् तब युवतिहरु जुन सुकै अवस्थामा रहे पनि खुट्टामा झर्रा लगाएर युवाहरुको पहिलो चरणको गीत टुङ्ग्याउनु अघी आगनिमा नाच्न आईहाल्नु पर्दछ।जब युवतिहरु खैजडिको तालमा ताल मिलाउँदै नाच्न सुरु गर्छन् तब युवाहरुको जोसले सिमा नाघेर ३० ३५ वटा खैजडी यसरी बजाउँछन कि डाँडा पारीको अर्कै गाउँतिर सम्म खैजडिको रन्को पुग्छ।

यस्तै किसिमको माहोल बनाएर तयार पारिएको कौरा गीतको म्युजिक भिडियो तनहुँँका लोक गायक भुवन सिं थापाले भर्खरै युट्युब मार्फत सर्बजनिक गरेका छन ।रमाइ रमाइ लान्थें म आजै बोलको उक्त कौरा गीत तनहुँ तिरको मौलिक तालमा जस्तको तस्तै हेर्न र सुन्न सकिन्छ भने तनहुँँको सुन्दर ठिन गाउ र पाखा पखेरामा नचिएको ड्रोन द्रिस्यले भिडियो अझै सुन्दर देखिन्छ।मनमै टक्क अडिने मिठा मिठा शब्दहरु अर्का गायक रेशम आलेले लेखेका हुन भने स्वरमा पनि गायक भुवन सिं थापालाई रेशमले नै साथ दिएका छन।गायक भुवन सिं थापाकै लय श्रीजना, भिडियो निर्देशन तथा सम्पादन रहेको उक्त गीतलाई फल थापा मगर र बिशाल थापा मगरले छायांकन गरिएको हो।तनहु केशबटार ब्यास १४, ठिन गाउॅंमा छांयकन गरिएको उक्त भिडियोमा कौरा नाचमा दखल भएका ३ वटा गाउॅं सोंधेर, हर्कपुर र ठिन गाउँको युवतीहरुलाई नृत्य गराईएका थिए जस्मा प्रविना आले,लक्ष्मी थापा मगर,सजिता थापा मगर,तृसना थापा मगर,सोनाली थापा मगर,लक्ष्मी थापा मगर, कोपिला थापा मगर, सुमिना थापा मगर, आसा थापा मगर, मन्जु थापा मगर,आस्मा थापा मगर, सपना थापा मगर, रिता आले मगर,रचिता राना मगर, अनिसा थापा मगर,सुजिता थापा मगर,बिन्दु आले मगरले मौलिक नृत्य गरेका छन।

प्रतिक्रिया