काबुलमा भएको बम बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु ,५२ जना घाइते

इनेप्लिज २०७८ वैशाख २५ गते १७:३२ मा प्रकाशित

अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । उक्त घटना एक कबुलको छात्रा बिद्यालय नजिक भएको शनिबार अफगान अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानका घरेलु मामला मन्त्रीले शनिबार दिउसोको समयमा सयिद अल शुहादा बिद्यालय नजिकको दस्त ए बार्ची क्षेत्रमा भएको बताए।

घरेलु मामला मन्त्रालयका प्रवक्ताले मर्ने र घाइतेको संख्या वृद्धि हुने जनाएका छन् । अहिले सम्म बिस्फोटको कारण पत्ता लागि नसकेको र कसैले पनि उक्त घटनाको दाबी गरि नसकेको जनाएका छन् ।

अफगानिस्तानको तोलो समाचार अनुसार जव बिद्यार्थीहरु बिद्यालय सकेर जाने क्रममा उक्त घटना भएको जनाएको छ । उक्त संचार माध्यमका अनुसार पहिले कारमा बिस्फोट भएको र पछि अन्य दुई बिस्फोट छात्रा बिद्यालय नजिक भएको जनाएको छ ।

घाइते हुनेहरुमा अधिकांश बिद्यालयका छात्राहरु परेको तोलोले समाचार लेखेको समाचार सिएनएनले लेखेको छ ।

प्रतिक्रिया