सुभाषको गीतमा प्रथम र नेहाको रोमान्स

इनेप्लिज २०७८ वैशाख २४ गते ९:४७ मा प्रकाशित

 


काठमाडौँ।गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको सुमधुर स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ।टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ।

गीतको भिडियो समेत बनको छ।जसमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ।भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन्।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन्।संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दै आएका प्रथमको यो भिडियो पनि राम्रो बनेकोछ।भिडियोमा उत्सव दाहालको छायाँकन,सिलन लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया