अलविदा प्रेमध्वज प्रधान

इनेप्लिज २०७८ वैशाख २३ गते २२:४४ मा प्रकाशित

सीता ओझा

पर लैजाउ फुलहरू,
छोपिदेउ तारा जुन,
बन्द गर गीतहरू
तिम्रो याद आउने चिजहरू

शहरको भिडमा म एक्लो
हल्लाले छुदैन
रानी वनको एकान्तमा पनि
मन चुप छैन,
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ छैन

संसारदेखि भागुला
तिमीबाट सक्दिन
आतिएर मन उड्न खोज्छ
तर मुक्ति पाउदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ छैन।

काठमाडौबाट २८ माइल पुर्व पर्ने सिन्धुपाल्चोकको चौतारामा जन्मेका प्रेम ध्वज प्रधान चर्चित नेपाली गायक तथा संगीतकार थिए । उनी गायक, रचनाकार साथै एक क्षेत्रीय पार्श्व गायक पनि थिए ।उनले विषेशगरि नेपालमा प्रचलनमा रहेका नेपाली भाषा र नेपाल भाषामा गाउने गर्थे । प्रेमध्वज प्रधान गोल्डेन भ्वाइस र नेपालको रोमान्टिक मेलोडीज किंगको रूपमा पनि चिनिन्थे।

वि. स. १९९६ मा जन्मेका प्रेमध्वजको वि स २०७८ वैशाख २३ गते निधन भएको छ । उनका रिलिज भएका एल्बमहरू माया नामारा, प्रेमगीत, घाइते जवानी,मयालु, घाम पानी जिन्दगानी निकै चर्चित रहेका छन् ।

८२ वर्षीय प्रधानका घुम्तीमा नआउ है‘, तिमीलाई अचेल कहाँ देखुँ।।, गोरेँटो यो गाउँको‘, पर लैजाउ फुलहरु‘ जस्ता चर्चित गीतहरु रहेका छन् । विश्वलाई कोभिड – १९ महामारीले थल्याएको बेला दोस्रो पुस्ताको कोभिडले नेपालमा पनि अत्याधिक प्रभावित पारेको समयमा उनको देहावसान भयो । उनको देहावसानले सिङ्गो राष्ट्र र सङगीतको क्षेत्रमा अपुर्णीय क्षति भएको छ ।
श्रद्धेय सङ्गीतकार प्रेमध्वज प्रधानप्रति हार्दिक श्रद्धाञ्जली !!!

 

प्रतिक्रिया