बिहीबार, असार ३ २०७८
काठमाडौं २२:२३
वासिङटन डिसी 12:38

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै एकै दिन ५८ जना संक्रमितको मृत्यु

इनेप्लिज २०७८ वैशाख २३ गते १:१९ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भायरस संक्रमणबाट दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टाका अवधीमा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया