क्यानडाद्वारा १२ देखि १५ वर्षका बच्चाहरूलाई कोरोना बिरुद्धको फाइजर खोप स्वीकृत,अमेरिका पछाडी

इनेप्लिज २०७८ वैशाख २२ गते १९:२२ मा प्रकाशित

क्यानडाले १२ देखि १५ वर्षका बच्चाहरूको लागि कोरोना बिरुद्ध फाइजरको खोप स्वीकृत गरेको छ । मे ५ बुधबारका दिन क्यानडा स्वास्थ्य बिभागले फाईजर-बायोटेकको खोपको लागि अनुमति दिएको छ ।

क्यानडाले सबै भन्दा पहिला उक्त खोप १२ बर्ष सम्मका बच्चाहरुलाई अनुमोदन गरेको छ । यता अमेरिकी खाद्य तथा औषधि प्रशासनले विचाराधीन गरि रहेको समयमा क्यानडा प्रथम भएको हो ।

एफडिएले अर्को हप्ता यसको निर्णय गर्ने छ भने हाल १६ बर्ष भन्दा माथिका मानिसहरूलाई मात्र खोप लगाई रहेको छ । यसरी पर्खदा पर्खदै अमेरिका पछाडी परेको छ ।

“प्रमाणको पूर्ण र स्वतन्त्र वैज्ञानिक समीक्षा पूरा गरिसकेपछि विभागले १२ भन्दा १५ वर्ष उमेरका बच्चाहरूमा प्रयोग गरिनेलाई रोक्न यो खोप सुरक्षित र प्रभावकारी छ भनेर निर्धारित गरेको छ,” स्वास्थ्य बिभाग क्यानाडाले जारी गरेको विज्ञप्तिमा भनिएको समाचार युपीआई डटकमले लेखेको छ ।

हेल्थ क्यानाडाले यस अधिकारमा यस्ता नियम र सर्तहरू राखेको छ जसमा फाइजर-बायोएनटेकलाई स्वास्थ्य क्यानडालाई यस युवा उमेर समूहमा खोपको सुरक्षा, प्रभावकारिता र यसको गुणस्तरको बारेमा जानकारी प्रदान गर्न जारी राख्नु पर्दछ ताकि यसको फाइदा बजारमा आइ सके पछि प्रदर्शन हुन जारी राख्न सुनिश्चित गर्न सकिन्छ। ” स्वास्थ्य क्यानाडाले उक्त बिज्ञप्तिमा उल्लेख गरेको छ ।

स्वास्थ्य क्यानडाका प्रमुख चिकित्सा सल्लाहकार डा सुप्रिया शर्माले २० प्रतिसत १९ वर्ष भन्दा मुनिका मानिसहरुमा १३ बर्ष उमेरका सम्मका मानिसहरू केहीको मृत्यु भएको उनले बताइन ।

प्रतिक्रिया