मेहफिलमा भेटियो यौनहिंसा विरुद्धको सन्देश (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख २२ गते १०:१३ मा प्रकाशित

काठमाडौं ।लोक प्रिय गायक जगदीश समालको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । दिपक बस्नेतको शबद्य तथा संगीतमा रहेको मेहफिल बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई बलराम समालले संगीत संयोजन गरेका हुन् भने बिक्रम कार्कीले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् ।

महिलाहरुमाथि समाजमा हुने यौनहिंसाको विषयलाई गीतको भिडियोमा उठान गरिएको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि ज्यादती गरेपनि त्यो कसैको लागि सह्य नहुने सन्देश यो गीतको भिडियोमा दिन खाजिएको छ ।

पछिल्लो समयका व्यस्त र लोकप्रिय गायक, संगीतकार तथा निर्देशक प्रियजन राईको निर्देशन र दिपक गुरुङको कोरीयोग्राफी रहेको यस भिडियोमा अमित पल र रिया क्षेत्रीको अभियनय देख्न सकिन्छ।मोहन कुमार ‘झिल्लु’ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन र कलर गरेका हुन्। ‘मेहफिल’ म्यूजिक भिडियो दिपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

बाँकी थाहा पाउँन भिडियो हेर्नुहोस् :

प्रतिक्रिया