“गरीबीबाट उन्मुक्ति राष्ट्रको समृद्धि”

इनेप्लिज २०७८ वैशाख २१ गते २१:२३ मा प्रकाशित

मानवोचित जीवनयापन गर्न नसक्ने अवस्था गरीबी हो।गाँस बाँस कपास शिक्षा आधारभूत स्वास्थ्य खानेपानी जस्ता न्यूनतम सुविधाबाट वञ्चित रही आयआर्जनका लागि न्यूनतम आवश्यक सिप र साधन र पहुँच नभएको अवस्थालाई गरीबी भनिन्छ।नेपालमा हाल १८.७%मानिसहरु गरीबीको चपेटामा छन्।तर COVID-19 माहामारीले गर्दा गरीबी बढेको हुन सक्ने अनुमान लगाउन सकिन्छ। राष्ट्रिय जनगणना २०७८ यही मिति २०७८को जेष्ठ २५ दखि २०७८को अषाढ ८ सम्म हुने Census जनगणनाबाट गरीबीको वास्तविक तथ्याङ्क आउनेछ। World Bankका अनुसार प्रतिदिन १.२५$ भन्दा कम आय भएकालाई Absolute Poverty मा राखेको छ। समान्यतया गरीबी निरपेक्ष र सापेक्ष हुन्छ।तर नेपालमा दशौ योजनाले गरीबलाई आयमूलक गरीबी मानवीय गरीबी र सामाजिक वंचीतिकरण गरी ३ भागमा वर्गीकरण गरेको थियो। गरीबी निवारणका लागि निरन्तर विभिन्न किसिमका कार्यक्रमहरु लक्षित कार्यक्रमहरु योजनाबद्ध विकास कार्यक्रमहरु भएतापनि नेपालमा गरीबी अपेक्षित मात्रामा घट्न सकेन।गरीबी अवस्था आउनका सम्बन्धित सबै पक्ष जिम्मेवार देखिन्छन्।गरीब लक्षित कार्यक्रम वास्तविक गरीब सँगनपुगि सहरको सेमिनार सभाहल वहसमा केन्द्रित हुने हुँदा अपेक्षित प्रतिफल प्राप्त हुन सकेन। गरीबीको चंगुलबाट थोरै भए पनि मुक्त भएको जनसंख्याको ठूलो इकाई पुन गरीबीको दुष्चक्रमा फर्किने र जोखिम बढ्नुका कारणहरु अन्तर्गत COVID-19 जस्ता माहामारी रोगले ल्याएकोअवस्था बढ्दो व्यापार घाटा र परनिर्भता प्राकृतिक विपत्ति र पुर्नस्थापनामा ढिलाई हुनु रेमिटेन्स आय घट्नु र उपभोगमा खर्च बढ्नु आपूर्ति व्यवस्थापनमा असहजता र इन्धन संकट pro poor programme प्रभावकारी नहुनु नकारात्मक मूल्य मान्यता देवी प्रकोप न्यून पोषण कमजोर नियमन भ्रष्टचार सामाजिक सांस्कृतिक विभेद Global Warming अपर्याप्त विकास पूर्वाधार कमजोर स्वास्थ्य र चेतना स्तर बढ्दो बेरोजगारी कमजोर श्रमिक अधिकार उत्पादनशील क्षेत्रको असमान वितरण रहेको असमान वितरण प्रणाली गरीब लक्षित कार्यक्रममा अत्याधिक चुहाबट र भ्रष्टाचार भएको सहभागीतामूलक विकास प्रक्रिया नहुनु गरीबहरुको Culture Attitude Habit र behavior र न्यून आर्थिक वृद्धिदर पर्दछन्।

अब गर्ने त?

वास्तविक गरीब घर पहिचान गरी गरीबको मापदण्ड निर्धारण गरेर लक्षित कार्यक्रमहरुलाई प्रभावकारी तथा समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने।
Need Based Programme संचालन गर्ने Bottom up Approach नीति अवलम्वन गर्ने pro-targeted programme संचालन गर्ने कार्यान्वयनयोग्य नीति बनाउने र नीतिगत निरन्तरता र एकरुपता कायम गर्ने नीति अनुसार कार्ययोजना बनाई कार्यनीतिमा जोड दिने।

उपलब्ध साधन स्रोतको अधिकतम सदुपयोग गर्ने।काठमाडौँका तारे होटलको गोष्ठी सेमीनार र सभाको साटो लक्षित समूदाय सम्म पुगी कार्यक्रम संचालन गर्नेकार्यक्रममा वास्तविक लक्षित वर्गलाई मात्र सहभागी गराई दोहोरोपना आउन नदिने माग आवश्यकता र उपयुक्ततातका आधारमा कार्यक्रम संचालन गर्ने लघु वित्त कार्यक्रम पहुँच अभिवृद्धि गर्नेकार्यक्रमलाई आयोजना आयोजनालाई योजना र योजनालाई बजेट सँग तालमेल गर्न लगाउने कार्यक्रमको Short Mild Long Term Review र Revaluation गर्नेस्वदेशी उत्पादन स्वदेशी पहिरण स्वदेशी शिक्षा स्वदेशी लगानी स्वदेशी स्वास्थ्य स्वदेशी काममा विशेष जोड दिने Performing Organization बढाउने Learn Management Participation Oriented Program लाई जोड दिने Programme लाई Result Oriented बनाउने एकीकृत कार्यक्रम संचालन गर्ने नागरिक संलग्नता बढाउने समूदायमा संचालित कार्यक्रमलाई प्रभावकारी बनाउने।

Remittance mobilization Debt Rescheduling Saving Mobilization Property Transfer Growth Oriented Focus on Productive Utilization
सामाजिक विमाका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा डिजाइन गरी कार्यान्वयनमा विशेष जोड दिने।

निष्कर्ष

गरीबी भोक अशिक्षा र अभावबाट मुक्ति पाउनु २१ औ शताव्दीका मानिसका नैसंर्गिक अधिकार हो। त्यसैले गरीब मूखी कार्यक्रम धनीलाई होइन गरिबलाई, सहरमा होइन दुरदराज विकट गाउँ गाउँमा, सम्पन्नलाई होइन अभावमा हुर्केकालाई संचालन गरी गरीबी निवारण राष्ट्रिय लक्ष्य पुरा गरी समृद्ध राष्ट्र निर्माण गर्न दृढ इच्छाशक्ति र आवश्यक स्रोत साधनको आवश्यकता पर्दछ।तसर्थ अहिलेको दोस्रो चरणको विशेष जोडका साथ कोरोना Variant बढीरहेको समयमा पनि धैर्य, साहस र आँट गरी प्रत्येक मानिसले नियमित योग अभ्यास तथा स्वदेशी जडिबुटी र उपलब्ध स्वच्छ खानपानमा जोड दिनुपर्छ। नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुराक्षाका सम्पूर्ण मापदण्ड भित्र रही सरकारी निर्देशन पालना गरी स्वदेशी वस्तु स्वदेशी खाना, स्वदेशी पहिरन र स्वदेशी रहनसहन संस्कृतिलाई संरक्षण गर्दै न्यूनतम उपलब्ध स्रोत साधनलाई अधिकतम सदुपयोग गर्नुपर्दछ।

नाम: राजदेव यादव
शाखा अधिकृत
शिक्षा विकास तथा समन्वय इकाई ,धनुषा

प्रतिक्रिया