मेक्सिको शहरमा महानगरीय रेल दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु, दर्जनौ घाइते

इनेप्लिज २०७८ वैशाख २१ गते ११:१२ मा प्रकाशित

मेक्सिको शहरमा महा नगरीय रेल दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । उक्त रेलगाडी सडकमा दुर्घटनाग्रस्त भएको हो ।

मेक्सिको शहरका नगर प्रमुखले भने, “मरेकाहरूमा दुर्भाग्यवश बच्चाहरू पनि छन्।” मेक्सिको शहरको महा नगरीय रेलगाडी एक हवाई पुल पार गरे पछि सोमबार राती बिग्रिए पछि कमसेकम २३ व्यक्तिको मृत्यु र दर्जनौं घाइते भएको जनाएका छन् ।

यो मेक्सिको सिटी(शहर)को भूमिगत मार्ग हालसालै निर्माण गरिएको पटरी १२ भूमिगत मध्य भाग हुँदै केन्द्रीय भाग हुँदै बाहिर निस्कछ । “हामीलाई थाहा छैन उनीहरू जिउँदा छन,” नगर प्रमुखले मंगलबार बिहान एक पत्रकार सम्मेलनमा भने।

६५ जना मध्ये कम्तिमा ४९ जना घाइते भएकालाई अस्पताल पठाइएको छ । जसमा ७ जना गम्भीर अवस्था र शल्यक्रिया भै रहेको समाचार एबिसी न्युजले लेखेको छ ।

प्रतिक्रिया