यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? (भिडियो हेर्नुस)

इनेप्लिज २०७८ वैशाख २० गते ९:३९ मा प्रकाशित

दाङमा भारतीय कारमा भएको घटनामा परेका तीन बालक एउटै गाउँका हन्।वैशाख १६ गतेवाट हराएका उनीहरु शनिवार साँझ मृ’त अवस्थामा कारभित्र फेला परेका थिए।एउटै वार्डका तीन बालकको मृत्युले गाउँ शो’कमा डु’वेको छ।प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृत्यु निसासिएर भएको हुनसक्ने जनाएको छ।उनीहरु कारमा पसेपछि हावा कतैवाट नगएका कारण निसासिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।

बालकहरुको गोजीमा तास पनि फेला परेका कारण उनीहरु तास खेल्न कारमा गएको हुनसक्ने र कारको ढोका लक भएपछि बाहिर आउन नसक्दा नि’सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।अनुसन्धानमा सं’लग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भा’रतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६,स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बालकका शव फेला परेको थियो।वैशाख १६ गते हराइरहेका तीन बालकका बारेमा खोजी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए।एक जना बसका चालकले आफ्नो बस पार्किगं गर्न भन्दै त्यहाँ जाँदा कारभित्र बालकहरुलाई मृत देखेका थिए।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६,गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाका सम्बन्धमा त्यहाँका स्थानिय बासीन्दा र प्रत्यक्षदर्शीले यस्तो भनेका छन्। भिडियो हेर्नुसः

 

प्रतिक्रिया