महिलाको रहस्यमय तरिकाले मृत अवस्थामा शव भेटियो

पुजन दास २०७८ वैशाख १९ गते १४:३१ मा प्रकाशित

उर्लाबारी ।मोरङको रतुवामाई नगरपालिकामा एक महिलाको रहस्यमय तरिकाले मृत अवस्थामा शव भेटिएको छ।

आइतबार रतुवामाई नगरपालिका– ६ सिंघारी भन्ने स्थानको मकैबारीमा करिब ३०बर्षीया महिलाको शव भेटिएको हो । स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा
भेटिएको शवको पहिचान भने खुल्न सकेको छैन।घटना रहस्यमय भएकाले तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोलीले अनुसन्धान गरेको छ।घटना स्थलमा झार मडारिएको, भोलाका खोल तथा ५० रुपैयाँको एनसेलको रिजार्च कार्ड,मोबाइल चार्जर,कागजमा लेखिएको अवस्थामा मोबाइल नम्बरलगायत फेला परेको थियो।

कालो वर्णकी ती महिलाको घाँटीमा चोट देखिएको छ भने अनुहार चिथोरिएको,लुगा च्यातिएको अवस्थामा शब भेटिएको स्थानीयले बताएका छन्।अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंकागरिएको छ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया