सुन्दरी आरजुसँग मनिषको रोमान्सले पायो चर्चा

इनेप्लिज २०७८ वैशाख १९ गते ११:१२ मा प्रकाशित


काठमाडौँ।गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ।प्रतिककै शब्द,संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ।भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन।

करिब ५ दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खातीले भिडियोबाट धेरै आशा गरेको बताए।उनले फिल्म लभ स्टेशनका सबै गीतमा कोरियोग्राफी गरिसकेका छन् भने आर्यन सिग्देलको चचहुई,साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन्।

फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडी बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन्।शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्।भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो।हेर्नुहोस् भिडियो

प्रतिक्रिया