काठमाडौ उपत्यकामा सुनामीको रुपमा कोरोना महामारी फैलिदै, अस्पतालमा बिरामी राख्ने बेडको अभाब

टंक पन्त २०७८ वैशाख १८ गते ९:२९ मा प्रकाशित

काठमाडौ । अन्य शहर भन्दा निकै धेरै जनसंख्या भएको नेपालको राजधानी काठमाडौ उपत्यकामा कोरोना महामारी सुनामी जत्तिकै फैलिन थालेको छ ।
सुनामीको बेगमा फैलिन थालेको महामारीले गर्दा जनमानसमा भय र त्रास पनि त्यहि रुपमा बढिरहेको छ । नेपाल सरकारले समेत अस्पतालहरुमा बिरामी राख्ने बेडको अभाब हुन थालेको कुरा सार्बजनिक गरेपछि थप त्रास बढेको छ ।


नेपालका अस्पतालमा २५ देखि ३० हजार मात्र बिरामी राख्न सकिन्छ अर्थात सो संख्यामा बेड रहेका छन । तर अहिलेकै रफतारमा कोरोनाका बिरामी थपिदै गए भने केही दिनमै ४० हजार बेडको आबश्यकता पर्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरुले बताएका छन ।


यदि निषेधाज्ञा प्रभाबकारी हुदै जाने र सुनामीको रुपमा बढदै गएको कोरोना महामारीको प्रकोप एक अर्कामा सर्ने स्थिति कम भएमा अस्पतालहरुले थेग्न सक्नेछन अन्यथा निकै गाह्रो हुने हुने संकेत देखिएको शिक्षण अस्पताल कोभिड बिभागका संयोजक डा सन्तकुमार दाशले बताउनुभएको छ ।


डा सन्तकुमारका अनुसार काठमाडौ उपत्यकामा प्रत्येक ३ जनामा एक जनालाई कोरोना सक्रमण देखिने स्थिति रहेको छ । गत साल कोरोना लागे पनि अहिलेको जस्तो खतरा थिएन अहिले त भर्ना भएका मध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपरेको छ । दुइ तीन दिन ज्वरो , खोकी आउना साथ बिरामीलाई अफ्ट्यारो हुने गरेको छ ।


कोरोना महामारी यहि रुपमा बढदै गएमा अस्पतालमा बिरामी राख्ने ठाउं पनि हुने छैन र टोल टोल घरघरमा कोरोना संक्रमित हुने छन जुन लक्षण भारतको जस्तो रहेको छ –डा सन्तकुमार दाश गंभीर हुदै थप्नुहुन्छ –जनस्वास्थ्यका माफदण्ड पुर्ण रुपमा पालना गरौ आफु पनि जोगिउ र अरुलाई पनि जोगाउं ।


रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको आज भएको बैठकमा डा दाशले शिक्षण अस्पतालमा एकै दिन ५० बेड थप गरियो तर ती बेडहरु एकै रातमा भरिएको भन्दै अस्पतालमा बेड त थप्न सकिएला तर जनशक्ति र अन्य इक्युमेण्ट थप्न सकिने अबस्था नरहेको स्पष्ट पार्नुभएको छ ।
भारतमा जुन रुपमा महामारी बढिरहेको छ जसले गर्दा नेपालमा औषधि पनि सटेज हुने हो कि भन्ने खतरा पनि त्यत्तिकै रहेको डा दाशले जानकारी गराउदै आफैले आफैलाई लकडाउन गर्नुपर्ने खाचो रहेको उल्लेख गर्नुभएको छ ।


कोरोना महामारी यत्ति चर्को रुपमा आइसक्दा पनि तीन दिन अगाडि सम्म २५ देखि ३० प्रतिशत नागरिकले मात्र जनस्वास्थ्यका मापदण्ड लागु गरेको अध्ययनले देखाएको जानकारी गराउदै डा दाशले अहिलेको अबस्थामा परिबार भित्रै पनि एक अर्कासंग नजिक भएर नबस्न समेत आग्रह गर्नुभएको छ ।

क्लबका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको बैठकमा डा दाशले ज्वरो आयो भने जांच गराइहालौ एकै चोटी आइसियुमा जाने स्थितिको अबस्था आउन नदिन आग्रह गर्र्देै एक सय प्लस ज्वरो आएमा , सास फेर्न गाह्रो भएमा , लगातार खोकी लागेमा र अक्सिजनको मात्रा ९० भन्दा कम भएमा अस्पताल गैहाल्न पनि सल्लाह दिनुभएको छ ।

भ्याक्सिन खोप लगाएकाहरुलाई कोरोना नलाग्ने होइन तर अरुलाई धेरै नलगाउने र भ्याक्सिन लगाउनेहरुमा मृत्यु दर अत्यन्त कम रहेको भन्दै डा दाशले एउटा खोप लगाएकाको ५५ प्रतिशत र दुइ डोज लगाएकाको ७० प्रतिशत कोरोनासंग जुझने शक्ति दिने गरेको जानकारी गराउनुभएको छ ।

पहिले एक हप्ता सम्म थला परेर सुत्दा पनि नागरिकमा सक्रमणसंग जुझ्न सक्ने क्षमता हुन्थ्यो भने अहिले एक हप्ता सम्म सक्रमणले च्याप्यो भने गभीर धक्का दिने खालको रहेको छ । चिकित्सकहरुका अनुसार जुनसुकै भ्याक्सिन होस पाउना साथ लगाउ भ्याक्सिन हामीले छनोट गर्ने होइन भ्याक्सिनले हामीलाई छनोट गर्ने हो ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अन्य बिरामी राख्ने बेडहरुमा पनि कोरोनाका बिरामी राखेर उपचार गर्दा पनि बेडको अभाब भैरहेको छ भन्दै देशभरिबाट बिरामी हिडाल्नु अघि नागरिकहरुले बेडको ब्यबस्था गरिदिन आग्रह गर्ने गरेका छन तर दुखका साथ बेड छैन भन्नुपरेको जानकारी गराउनुभएको छ ।

यस्तो संकटका बेला अस्पतालबाट सकेसम्म सेवा प्रदान गर्नुपर्छ भन्ने उद्धेश्यका साथ बसुन्धरा स्थिति अस्पतालको नजिकै रहेको पार्टी प्यालेशको सिगो हलमा बेडहरु ब्यबस्थापन गर्ने गरी सम्पुर्ण तयारी पुरा गर्न लागेको पनि अध्यक्ष टण्डनले जानकारी गराउनुभएको छ । अध्यक्ष टण्डनले सो जानकारी गराउदै गर्दा फाइनान्स डाइरेक्टर रेनुका गुरुङले कुन कुन ठाउंमा तत्काल बिरामी राख्ने बेड पाइन्छ भनेर खरीदका लागि खोज्दै हुनुहुन्थ्यो । उहां भन्दै हुनुहुन्थ्यो – संभब भए सम्म

यस्तो बेलामा अस्पतालमा आउने बिरामीलाई सेवा दिन सकियोस भनेर रात दिन नभनेर आफुहरु खटिएको र चिकित्सक, नर्स एवं अन्य स्टाफ पनि त्यहि रुपमा लाग्नुभएको छ ।
कोरोना महामारी बढदै गएपछि सरकारले बैशाख १६ गते देखि काठमाडौ उपत्यका लगायत बिभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ । सरकारले निषेधाज्ञालाई दिनहुं प्रभाबकारी पनि बनाउंदै लगेको छ ।

 

प्रतिक्रिया