इजराइलमा एक धार्मिक उत्सवमा भागदौड हुँदा ४४ जनाको मृत्यु, १०० जना भन्दा ज्यादा घाइते

इनेप्लिज २०७८ वैशाख १७ गते १०:४४ मा प्रकाशित

इजराइलमा एक धार्मिक उत्सवमा भागदौड हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको दुखद समाचार छ भने कम्तिमा १०० जना भन्दा ज्यादा घाइते भएका छन् । इजराइलमा शुक्रबार आयोजित उत्सवमा अचानक भागदौड हुँदा उक्त घटना भएको हो ।

इजरायलको मध्य राती माउन्ट मेरोनमा आयोजित ल्याग बाओमर उत्सव मनाउने क्रममा उक्त दूर्घटना भएको इजरायलको स्वास्थ्य मन्त्रालय तथा एपीले जनाएको छ ।

अधिकारीका अनुसार २३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । दर्जनौ बिरामी बाहक सवारी साधनहरु तैनाथ गरिएका छन् । उक्त घटना इजरायलमा पहिलो पटक भएको हो ।

इजरायली सेनाले उद्धारको लागि हेलीकप्टर(उदग्रविमान)बाट उद्धार गरि रहेको जनाएका छन् । ल्याग बाओमर बार्षिक उत्सव हो भने उक्त उत्सव रब्बी शाइमन बर योचाईको मृत्यु भए पछि उक्त स्थानमा गाडिएको चिहान रहेको माउन्ट मेरोनमा बार्षिक रुपले उत्सव मनाइने गरिन्छ ।

 

प्रतिक्रिया