नेपाली श्रम बजारमा प्रत्येक वर्ष ४ लाख ५० हजार प्रवेश

मनोज दाहाल २०७८ वैशाख १४ गते २१:५३ मा प्रकाशित

मोरङ,१४ बैशाख(रासस):बैदेशिक रोजगारीमा जाँदा सिप आर्जन गरी दक्षता हासिल गरेका राम्रो आयआर्जन हुने सहभागीहरुले आज यहाँ सुझाव दिनु भएको छ।

स्वदेश मै रोजगारी गरौ,बैदेशिक रोजगारीमा जानु नै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाऔँ भन्ने नाराका साथ सगरमाथा सामुदायिक विकास केन्द्रद्वारा आज यहाँ आयोजित ‘सुरक्षित आप्रवासन परियोजना(सामी)ले पत्रकार अभिमुखिकरण कार्यक्रममा बैदेशिक रोजगारीमा बिचौलियाद्वारा हुने ठगीमा सञ्चारकर्मीहरुले कलम चलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भयो।उहाँहरुले अदक्ष कामदारले भोग्नु परेको समस्या र यसले पारेको सामाजिक असरका सम्वन्धमा सहि र तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो।

मुलुकमा उद्योग व्यवसाय धरासयी भएकाले युवा तथा युवतीहरु वाध्य भएर बैदेशिक रोजगारीमा जानु परेको र मुलुकको कूल ग्राहस्थ उत्पादनमा विप्रेषणको २८ प्रतिशत योगदान रहेको सहभागीहरुले जानकारी दिनु भयो।फ्रि भिषा, निःशुल्क टिकट,आकर्षक तलव एवं सुविधाको प्रलोभनका युवाहरु ठगी भैरहेको कहाली लाग्दो अवस्थाको सञ्चारकर्मीले चित्रण गरी रोकथामका लागि दवाव सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो।

सामीका कार्यक्रम अधिकृत देवनारयण चौधरीले मुलुकबाट बैदेशिक रोजगारीका लागि ९५ प्रतिशत पुरुष र पाँच प्रतिशत महिला जाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसको सकारात्मक पक्ष भनेको गरीवी निवारण ४२ प्रतिशतबाट २५ प्रतिशतमा झरेको जानकारी दिनु भयो।सामीकी प्रदेश संयोजक कोपिला दाहालले बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर विषयक कार्यपत्र प्रस्तुत गर्दै मुलुकले अघिल्लो वर्ष नौ खर्व विप्रेषण प्राप्त भएको बताउनु भयो।

सामीकी मोरङ संयोजक मनिशा थापाले सुरक्षित आप्रवासन परियोजना कार्यपत्र प्रस्तुत गर्दै संस्थाले एक हजार १९७६ महिला सहित तीन हजार ९६२ जनालाई सही सुचना प्रवाह गर्नुका साथै चार महिला सहित ११ जनालाई सीपमुलुक तालीम प्रदान गरेको बताउनु भयो।केन्द्रका अध्यक्ष केशबकुमार वस्नेत, विराटनगर महानगरपालिकाका पुनम दाहाल र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले युवाहरुलाई कृषि,सेवा पर्यटन लगायतका क्षेत्रमा तालीम प्रदान गरी स्वदेशमा रोजगारीको उपलव्धता गराउनु पर्नेमा जोड दिनु भयो।

सामीले मोरङ जिल्लाको विराटनगर,उर्लावारी, रंगेली र कानेपाखेरी गाँउपालिकाका क्षेत्रका कार्य गरिरहेको छ।सामीले सूचना, सीप र न्यायमा पहुँच पुर्याउनुका साथै मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने कार्य गर्दै आइरहेको सोही अवसरमा जानकारी दिइयो।

यसले विभिन्न आठ विधामा प्रत्येक वर्ष एक हजारलाई सीपमुलुक तालीम प्रदान गरिरहेको बताइएको छ।सामीको पहलमा वैदेशिक रोजगारीमा मृत्यु भएका तथा अङ्गभङ्ग भएकाकाका ७८ जना बालबालिकालाई कक्षा १२ सम्मका अध्ययनन गर्ने १८ वर्ष मुनिकालाई छात्रवृत्ति उपलव्ध गराएको छ।

करार अवधिमा वैदेशिक रोजगारीमा गएका मृत्यु भएमा कामको रु सात लाख र वीमा वापतको रु १३ लाख गरी रु २० लाख रकम उपलव्ध गराउन पहल गर्दै आएको छ।नेपाली श्रम बजारमा प्रत्येक वर्ष चार लाख ५० हजार युवाहरु आउने गरेका छन्।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया