नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

इनेप्लिज २०७८ वैशाख १२ गते १७:५२ मा प्रकाशित

विराटनगर,१२ बैशाख।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)विराटनगर च्याप्टरको अध्यक्षमा युनेशराज श्रेष्ठ निर्वाचित हुनु भएको छ।

विराटनगरमा आज सम्पन्न मञ्चको १७ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।मञ्चको प्रथम उपाध्यक्षमा राघव कोइराला,द्वितीय उपाध्यक्षमा शुभम भट्टराई,सचिवमा रन्जित भगत,कोषाध्यक्षमा सन्जिव सिग्देल, कार्यक्रम संयोजकमा श्वेता तुलाधर,लर्निंङ चेयरमा अनमोल प्रधान,शाखा समन्वयकर्तामा रोमन कट्टेल सञ्चार संयोजकमा रितेश खनाल,कानुनी सल्लाहकारमा देवाशीष गोल्छा रहनु भएको छ।

यसैगरी सदस्यहरुमा युकेश अग्रवाल, उत्कृष्ट भट्टराई, राहुल शर्मा र अभिषेक केडिया हुनुहुन्छ।विराटनगर च्याप्टरको यसअघिको नेतृत्व सृजन प्याकुरेलले गर्नुभएको थियो।मञ्चको विराटनगर च्याप्टरले गएको एक वर्षको अवधिमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विविध कार्यक्रम गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

 

प्रतिक्रिया