विराटनगर,१२ बैशाख।नेपाली युवती तथा महिलाहरुलाई भारततर्फ बेचविखनका लागि नजिकका आफन्तहरु नै संलग्न रहेको यहाँ पाइएको छ। माइती नेपाल मोरङले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रेल देखि सन् २०२१ मार्च सम्मको एक वर्षको अवधिमा ३७ जना महिला तथा युवतीहरुलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ।
उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीहरुका मामा, माइजु, फुपु, फुपाजु,सानीआमा लगायतका नजिकका आफन्तहरुले भारततर्फ बेचविखनमा लगेका देखिएको नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनु भयो।सो अवधिमा मोरङ,सुनसरी,धनकुटा,उदयपुर, काठमाण्डौं,भक्तपुर, सिरहा,सप्तरी सोलुखुम्बु,वारा,चितवन,सिन्धुपाल्चोक,खोटाङ्ग र झापा जिल्लाका महिलाहरुलाई बेचविखनबाट रोक्न सफल भएको हो।
अघिल्लो वर्ष सोही अवधिमा ११० जना युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएको क्षेत्रबाट उद्धार गरिएको थियो।मोरङ जिल्लाको विभिन्न खुल्ला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचविखन गर्न लगिएका युवती तथा महिलाहरुलाई नियन्त्रणमा लिई अभिभावकहरुलाई हस्तान्तण गरेको नेपालका संयोजक पोखरेलले बताउनु भयो।
मोरङ जिल्लामा गएको १० वर्षको अवधिमा ९६६ जना महिला वेपत्ता भएका नेपालको कार्यालय उजुरी दर्ता भएको छ।अधिकाँश महिलाहरुलाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाहरुबाट जानकारी प्राप्त भएको हो।
भारत लगायत तेश्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुललाई वेपत्ता वनाएको नेपालले जनाएको छ।गत एकवर्ष ११ बटा करणीका घटना कार्यालयमा उजुरी परेका मध्ये १८ वर्षदेखि २६ वर्ष मुनिका रहेका छन।यस्तै अघिल्लो वर्ष सातबटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिनु भयो।
यस्तै यस वर्ष २५ बटा घरेलु हिँसाका घटनाको उजुरी परेको छ भने अघिल्लो वर्ष १७ बटा दर्ता भएका छन्।कोभिड–१९ कारण विराटनगरको रानी सीमा नाका बन्द भएपनि चोरवाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभनमा देखाइ युवती तथा महिलाहरुलाई भारततर्फ बेचविखनका लागि पु¥याउने गरेको कार्यालयले जनाएको छ।
कोभिड–१९ का कारण विगत वर्ष भन्दा यस वर्ष चेलिवेटी बेचविखनका घटनमा केही कमी आएको छ।विचौलियाहरुले पहिला घरदैलोमा पुगेर युवती तथा महिलाहरुलाई विभिन्न प्रलोभनमा पार्ने गरेकोमा अहिले सामाजिक सञ्जालको अध्याधिक प्रयोग हुने गरेको छ।
उनीहरुले युवतीहरुलई मिस कल गर्ने,छोटो सन्देश पठाउने, फेसवुक, इमो लगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ वेचविखनका लागि लग्ने गरेका छन्।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीहरुलाई बेचविखन सम्वन्धमा जनचेतना जागृत गराउनु पर्नेमा जोड दिनु भयो।
प्रतिक्रिया