स्पेनको एक शहरमा एक व्यक्तिले २२ जनालाई कोरोना संक्रमण गरेको आशंकामा पक्राउ

इनेप्लिज २०७८ वैशाख ११ गते १९:०२ मा प्रकाशित

स्पेनको एक शहरमा एक व्यक्तिले २२ जनालाई कोरोना संक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ । स्पेनको मालोरका टापुको मोनाकोर शहरका मानिसले जानी जानी संक्रमण र कोरोना सारेको आरोपमा उनलाई पक्राउ गरिएको स्पनेली राष्ट्रिय प्रहरीले जानकारी दिएका छन् ।

उक्त व्यक्तिले उनलाई कोभिड-१९ को लक्षण देखिएको र उनले जाँच गराएता पनि उनले सामान्य रुपमा हिडडुल गरेका थिए । उनले परीक्षणको नतिजा पनि नपर्खि र स्वयम् निगरानी(क्वारेनटाइन )मा पनि नबसेको सामाजिक संजालमा शनिबार प्रहरीले बताए ।

अधिकारीका अनुसार ४० बर्षिय उक्त व्यक्ति १०४ डिग्री तापमान हुँदा पनि उनि काममा आएको उनका सहकर्मीले जानकारी दिएका थिए । त्यति मात्र हैन सबैको अगाडी खोक्ने र मुखावरण मुनि झरेको र तिमीहरु सबैलाई कोरोना दिन्छु भनेका थिए ।

उक्त व्यक्तिले ८ जनालाई संक्रमण गरेको र अन्य १४ जनालाई अप्रत्यक्ष रुपमा सरेको आरोप लगाईएको छ । प्रहरीका अनुसार उनि ब्यायामशालामा गएका र जहाँ एक वयस्क र ३ जना बच्चाहरु थिए भनि प्रहरीले एक वक्तब्य मार्फत जानकारी गराएका छन् ।

प्रहरीले गत जनवरीको अन्त्यमा अनुसन्धान गरेको र हाल स्पेनमा ३५ लाख कोरोनाबाट संक्रमित छन भने ७७,५०० सय को मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया