काठमाडौंमा तीन दिने नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु, बियोन्डोले फुलबुट्टे गाउँदा मन्त्री दँग

इनेप्लिज २०७८ वैशाख १० गते २१:३५ मा प्रकाशित

काठमाडौं,१० बैशाखजब फुलबुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा गाईन।दर्शकले उनलाई तालीले निरन्तर साथ दिए।कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल सम्म सम्म पुलकित भए।

शुक्रबारबाट काठमाडौंको नाचघरमा सुरु भएको नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ को उद्घाटन समारोहमा गायिका बियोन्सेले फुलबुट्टे सारी गीत गाएर दर्शकको मन जितेकी हुन्।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा सुरु भएको यो महोत्सबको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे।मन्त्री ज्ञवालीले यस्ता महोत्सबले नेपाल अफ्रिकाको सम्बन्ध सँधै राम्रो हुने बताए।यस्तो अबस्थामा पनि सामाजिक दुरी कायम गरेर नवौ वर्षदेखिको महोत्सबलाई निरन्तरता दिनु आयोजक संस्थाको सराहनीय कार्य भएको मन्त्री ज्ञवालीले बताए।विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सब गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए। नेपाली चलचित्र निर्माताहरुको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दुताबास मार्फत अन्तराष्ट्रिय नेपाली फिल्म महोत्सब आयोजना गर्ने योजना बनाईरहेको पनि मन्त्री ज्ञावलीले जनाए।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै सरकारले बिदेशमा रहेका नेपाली दुतावास मार्फत चलचित्र महोत्सब गर्नेबारे आफुहरुले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सबसँग बोर्ड सुरु देखि नै जोडिएको र यस्तो महोत्सबले नेपाली चलचित्रको विकाशमा ठुलो मद्धत पुग्ने बताए।अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नु पर्ने माग पनि उनले मन्त्रीसँग सो कार्यक्रममा राखे।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रुपमा जोड्न नै नियमित रुपमा यो महोत्सब गर्दै आएको आयोजक संस्था कलेज अफ जर्नालिज्मकी अध्यक्ष डा.मञ्जु मिश्रले बताईन्।कोभिडको सन्त्रास बीच पनि पूर्ण सामाजिक दुरी कायम गर्दै आफुहरुले महोत्सब आयोजना गरिरहेको उनले जानकारी गराईन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफु सुरुका दिन देखिनै नेपाल अफ्रिका फिल्म महोत्सबसँग नजिक रहेको र महोत्सबमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए।

यो महोत्सबमा आईतबार ११ बजेबाट २ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सब निर्देशक डब्बु क्षत्रीले बताए।सुरुका दिनमा अफ्रिकन सिनेमा जुटाउन निकै गाह्रो भए पनि अहिले महोत्सबमा निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको पनि क्षत्रीले बताए।महोत्सबमा यसपटक ८ वटा नेपाली लामा छोटा चलचित्र र ९ वटा अफ्रिकन चलचित्र रहेको पनि क्षेत्रीले जानकारी गराए।

महोत्सबमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते । पत्रकार एवम् चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, अभिनेता प्रदीप बास्तोला र गायिका एवम् सञ्चारकर्मी सरिता भारतीलगायतको निर्णयक समुहले महोत्सबमा नेपाली चलचित्र चयन गरेको थियो ।

महोत्सबमा चयन भएका १५ वटा चलचित्र मध्य शुक्रबार पहिलो दिन पाँच ओटा चलचित्र प्रदर्शन गरियो।जस मध्य पाँच वटा चलचित्र शुक्रबार देखाईयो।शुक्रबार महोत्सबको उद्घाटनमा जिम्वावेको चलचित्र गुड म्यान प्रदर्शन गरियो।इजिप्टको चलचित्र बबल्स र ड्राई हट समर,नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो।हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र आमा पनि शुक्रबार महोत्सबमा प्रदर्शन गरिएको थियो।

महोत्सबमा शनिबार माधवराज खरेलको दुर्गामाण्डु सहित गणेशजँग रावलको समस्या,सजल लोप्चनको गाईड र पुरुषोत्तम बस्नेतको चलचित्र सुरक्षा प्रदर्शन गरिँदैछ।यस्तै शनिबार नै पाँच वटा अफ्रिकन चलचित्र पनि प्रदर्शन गरिँदै छ।

काठमाडौंको जमल स्थित नाचघरमा जारी यो महोत्सब आईतबार १२ बैशाखसम्म तीन दिन चल्ने छ।महोत्सबमा नेपाल र अफ्रिकाको गरेर १५ वटा लामा छोटा चलचित्रले सहभागिता जनाएका छन्।

प्रतिक्रिया