विराटनगर,८ बैशाख(रासस):सडक जीवन विताइरहेका सहयोगापेक्षीहरुलाई उचित बसोबासका लागि मानव सेवा आश्रमले आज विराटनगर–५ मा रु २२ करोडको लागतमा तीन भवनको निर्माणको शिलान्यास गरिएको छ।
कविर सेवा आश्रमले मानव आश्रममा सहयोगापेक्षीहरुलाई व्यवस्थित बसोबास गर्नका लागि उपव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुने छ।उक्त स्थानमा ५५ कोठाको तीन भवनहरु बालगोपाल,लक्ष्मी र नारायण नामाकरण गरि निर्माण गरिने भएको छ।
मिस वल्र्ड नेपाल श्रृङ्खला खतिवडा सङलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट फिट रहने गरी भवनको नक्सा निर्माण गरेको हो।प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालय,विराटनगर महानगरपालिका,मोरङ र सुनसरीका उद्योगपति,व्यापारी,नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम चन्दाको रुपमा व्यवस्था गर्नु हुनेछ।
यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायत विभिन्न उद्योगपति,नागरिक समाज लगायत अन्य गन्यमान्यले व्यक्त्तिगत रुपमा एक÷ एक कोठाका लागि रु १ करोड ७४ लाख रकम सहयोगमा ३४ बटा कोठा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।महानगरका प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की,कविर आश्रमका जग्गा दाता सुशिला खड्का भट्टराई,मानव सेवा आश्रमका संयोजक रामजी अधिकारी,मिस व्लर्ड नेपाल खतिवडा,कलाकारहरु दीपा श्री निरौला,मनोज गजुरेज,आनि छोइङ डोल्पा लगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गर्नु भयो।
सो अवसरमा महानगरप्रमुख पराजुलीले सहयोगापेक्षीहरुको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पुर्याएको धारणा राख्नु भयो।उहाँले यस क्षेत्रका सवै दयालु मनहरुलाई जोड्न सफल भएकोमा खुशी व्यक्त्त गर्दै तोकिएको समयमा उद्घाटन गर्न समेल यसले उर्जा प्राप्त गर्ने विचार व्यक्त्त गर्नु भयो।
सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की,कलाकारहरु निरौला, गजुरेल,डोल्मा, पूर्व प्रहरी अधिकृत रमेश खरेल लगायतले सडकमा खाना, छाना र नाना विना जीवन यापन गरिरहेका सहयोगापेक्षीहरुलाई सम्मानपूर्वक वसोवासको व्यवस्था गर्न लागेकोमा खुशी व्यक्त्त गर्नु भयो।यसैगरी आश्रम निर्माणका लागि विराट व्यपार सङ्घले रु दुई लाख ५० हजार तथा ११ जनाले रु १ लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता दिनु भएको जानकारी दिइयो।
-मनोज दाहाल
पत्रकार
प्रतिक्रिया