बिकाश र सिर्जना फिचर्ड ‘सोची हेरन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ वैशाख ८ गते १०:१७ मा प्रकाशित

काठमाडौँ।गायक सुदिप भण्डारीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ सार्वजनिक गरेका छन्।

प्रेम,त्याग र मिलनको कथा समेटिएको यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन्।शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको छ।भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन्।अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। लामो समय देखि संगीत क्षेत्रमा आबद्ध गायक भण्डारीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया