
काठमाडौं :गायक केयरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।भिडियोमा अहिलेका चर्चित अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ।
गीतका सम्पुर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा छायांकन गरिएको हो।
यो गीतमा पछिल्लो समयकी चर्चित गायीका समिक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ।दर्जनौ गीतमा स्वर दिइसकेकी समिक्षासँग पछिल्लो समयका लोकप्रिय गायक केयर सिंहको आवाज रहेको गीतले छोटो समयमै धेरैको ध्यान तान्न सफल भएको छ।
यो गीत रविन लामिछानेले लेखेका हुन्।स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन्।सार्वजनिक गीतलाई छोटो समयमै धेरैले मन पराएका छन्।मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन्।
गीत हेर्नुहोस्
https://www.youtube.com/watch?v=gKICwK3psok
प्रतिक्रिया