डा. डी आर उपाध्यायले गरे सार्वधिक विश्व रेकर्ड कायम

इनेप्लिज २०७८ वैशाख ७ गते ९:४९ मा प्रकाशित

काठमाडौं,नेपाली गीत सङ्गीतमा डा. डी आर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ।१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा.उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ।

राजधानीमा सोमबार एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो।यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो।

पूर्व प्रधानमन्त्री चन्दले भन्नुभयो, ‘यसरी एकैदिन फरक १९ विधामा १३ ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुनुहुन्छ।यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो।’पूर्व प्रधानमन्त्री चन्दले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय छ यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने जिकिर गर्नुभयो।उपाध्याले यसपटक १९ वटा विधामा एउटा मात्र हैन,१३ वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गर्नुभएको हो।

उहाँले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड,च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड,वल्र्ड ट्यालेन्ट बुक,एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड,वेगंल वुक अफ रेकर्ड, ओएमजी वुक अफ रेकर्ड, आसाम बुक अफ रेकर्ड जस्ता १३ संस्था बाट १९/१९ विधामा एकसाथ रेकर्ड बनाउनु भएको हो।

उहाँले वल्र्ड रेकर्ड प्राप्त गरेका १९ वटा फरक विधामा विश्वका १५० देशका पर्यटकिय स्थल समेटिएको गीत,सबै भन्दा सानो १८ शब्द को आधुनिक गीत, २०० शब्द भन्दा लामो गीतको बोल,मोटिभेसन गीत ६० वर्ष भन्दा माथिका गायक गायिकाले गाएको,एक हजारको नेपाली रुपैयाँ साइजको गीति पुस्तक,१६४ ओटा फरक चराको नाममा रहेको गीत,१५७ देशका मुद्रको नाम समेटिएको गीत जस्ता गीत रहेका छन्।

कार्यक्रममा नेपाली गीत सङ्गीतमा लागेकाहरूलाई यो खबर अत्यन्त सुखद पक्ष भएको गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणी देवकोटाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘उपाध्यायले नेपाली गीत सङ्गीत जगतलाई विश्वमै पुर्‍याएर महत्वपूर्ण योगदान दिनुभएको छ । यो निकै सराहनीय कार्य हो र हामी सबैले गर्व पनि गर्नुपर्दछ ।’

कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘यो रेकर्ड व्यक्तिको मात्रै नभएर देशको लागि गरिएको हो।’

यस्तै विशिष्ठ अतिथि प्रा.डा सुरेन्द्र केसीले डा.उपाध्यायका उहाँको आफ्नो लागि त राम्रो हुँदै हो यसले देशकै गौरव बढेको बताउँनु भयो।

यस्तै पूर्वमन्त्री रामेश्वर राय यादवले उपाध्यायले नेपाली साङ्गीतिक क्षेत्रलाई विश्वमै चिनाउने लक्ष्यका साथ काम गरेको भन्नुभयो।

सङ्गीतकार सन्तोष श्रेष्ठले डा.उपाध्यायसँग आफू सुरुदेखि जोडिएको उहाँको कार्य महामानावतर्फ उन्मुख भएको दावी गर्नुभयो।सो अवसरमा डा.उपाध्ययको चार गीति एल्वम धर्ती र जीवन, प्रतिभा, सपनाको महल र धडकन र दुई गीति पुस्तक प्रेयसी र चोट विमोचन गरिएको थियो।

कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा,गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ र जुगल आचार्यले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो।

सो अवसरमा सन्तोष श्रेष्ठ, सागर अधिकारी, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भट्टराई,तुलसी गिरी ‘भावुक’,गीता अधिकारी,राजेन्द्र लुईंटेल,सुभाष प्रधान,रमेश थापा र व्यवसायी रामजी अवाललाई सम्मानसमेत गरिएको थियो।कार्यक्रमको सहजिकरण नरेश भट्टराईले गर्नुभएको थियो । डा. उपाध्याका २४ एल्वम,११ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया