
काठमाण्डौं,सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो“ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ।मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ।डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ।जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ।
दिपक गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ।“प्रेमको चिनो“ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ।
“प्रेमको चिनो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया