अफ्रिकामा नवनियुक्त राजदूत डा. बिश्वकर्माको स्वागत

इनेप्लिज २०७८ वैशाख ६ गते ११:१९ मा प्रकाशित

प्रिटोरिया , दक्षिण अफ़्रिका ।दक्षिण अफ्रिका लगाएत १९ अफ़्रिकि मुलुकका लागि नवनियुक्त नेपाली राजदूत डा . निर्मल कुमार बिश्वकर्मालाई गैरआवासीय नेपाली सङघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुले संयुक्त रूपमा स्वागत कार्यक्रमको आयोजना गरेका छन ।

कार्यक्रममा राजदूत बिश्वकर्माको स्वागत गर्दै युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दूत डा. सुधीर रुपारेलियाले अफ्रीका र नेपालका बिच आर्थिक र लगानीका क्षेत्रमा सम्बन्ध सुधार्नु पर्ने र संयुक्त लगानीको क्षेत्रहरु पहिचान गर्नु पर्ने आबश्यकता रहेको छ भन्नू भयो ।

उहाँले महामहिम राजदूत सङ्ग यसमा मिलेर काम गर्न उत्सुक रहेका छौ भन्नू भयो । त्यसै गरि राजदूत डा. बिश्वकर्मालाई संसार भरका गैरआवासीय नेपालीको तर्फबाट स्वागत गर्दै र बधाई दिदै सङ्घका पुर्व अध्यक्ष जिवा लामिछानेले अफ्रिका अबको बिश्वको आर्थिक केन्द्रको रुपमा स्थापित हुँदै गइहेकोमा गैरआवासीय नेपालीहरु र नेपालले पनि अफ्रिकासङ्गका आर्थिक साझेदारीका अवसरहरु खोज्नु पर्नेमा जोड दिनु भयो ।

साथै उहाले राजदूत बिश्वकर्माले आर्थिक कुटनितिलाई प्राथमिकतामा राख्नु हुनेमा बिश्वस्त रहेको छु भन्नू भयो ।

जुममा आयोजना गरिएको उक्त कार्यक्रममा केन्याका लागि नेपालका मानार्थ बाणिज्यदूत जिम्मी अस्कार , एनआरएनएका उपाध्यक्ष डा . बद्री केसी , नेपालका लागि जाम्बियाका बाणिज्य दूत देशबन्धु बस्नेत , नेपालका लागि सेसेल्सका बाणिज्य दूत नरेश दास , नेपालका लागि मरिशशका बाणिज्य दूत गणेश कार्की समेतले डा. बिश्वकर्मालाई बधाई र शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा एनआरएनए अफ्रिकाका तर्फबाट कुल कार्की, कृष्ण दत्त भट्ट र सुरज डुम्रे ( केन्या ) , चिरञ्जीवी रोका ( नाइजेरिया ) ,गणेश खडका ( सेसेल्स ) , पुष्पराज भट्टराई , प्रेम गुरुङ र पासाङ गोपर्मा शेर्पा ( तान्जानिया ) , देवी पौडेल , पाल्पाली बस्याल ( मोजाम्बिके ) , रमेश कंडेल , अयुब अलि ( युगान्डा ) , डा. पुष्पराज भट्टराई , डा. सरिता पान्डे भट्टराई , डा. प्रमोद गङ्गोल ,डा. मुकुन्द बहादुर खत्री क्षेत्री र डा . गोपाल ज्नवाली( दक्षिण अफ्रिका) , कृष्ण डुम्रे ( आइभोरी कोस्ट ) , पदम भण्डारी ( बोत्स्वाना ) र अमित क्षेत्रीले कङ्गोबाट राजदूतलाई स्वागत गर्दै अफ्रिकाका नेपालीका समस्याहरु राख्नु भएको थियो ।

त्यसै गरि दक्षिण अफ्रिका दुतावासका उपनियोग प्रमुख घनश्याम लम्साल , जापान दूतावास बाट प्रेम बराल , बेल्जियम बाट गङ्गाधर गौतम , अमेरिकाबाट परशु नेपाल , नेपालबाट राजेन्द्रकुमार राउतले समेत राजदूत डा . बिश्वकर्माको कार्यकाल सफलताका लागि शुभकामना दिनु भएको थियो ।

समारोहमा अफ्रिकाका नेपालीहरुले भोग्नु परिरहेका श्रम स्वीकृति , पासपोर्ट नवीकरण , कागजात प्रमाणिकरण लगाएत मानव तस्करहरुले अलपत्र पार्ने समस्या , पुर्वी अफ्रिकामा नेपाली महिलाहरुलाई अबैध रुपमा डान्स बारमा काम लगाउने लगाएतका समस्या राख्दै सङ्घका पुर्व कोषाध्यक्ष हिक्मत थापाले राजदूतज्यु बाट समस्याहरु समाधान तर्फ पहल हुनेमा बिश्वश्त रहेका छौ भन्नू भयो ।

कार्यक्रममा प्रतिउत्तर मन्तब्य ब्यक्त गर्दै राजदूत डा. निर्मल कुमार बिश्वकर्माले सबैमा आभार ब्यक्त गर्दै गैरआवासिय नेपाली संघसङ्ग मिलेर अफ्रिकामा यहाँका नेपालीहरुका लागि सेवा पुर्याउने प्रतिबद्दता जनाउनु भयो । त्यसै गरि उहाले अफ्रिका र नेपाल बिचको दोहरो व्यापार वृद्धि लगानीका अबसर खोज्ने , प्रयटन प्रबर्द्धनका लागि साझा कार्यक्रम ल्याउने सम्बन्धमा आफ्नो प्रयास रहनेछ भन्नू भयो ।

कार्यक्रम सङ्घका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया