
काठमाण्डौं।नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको ”कस्तो माया जाल “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ।
मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ।अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ।युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो मान्छे नआउदाको पिडालाई रोमान्चक रुपमा प्रस्तुत गरिएको छ। मरुभुमी नारायणको छायाँकन,रोशन धितालको सम्पादन तथा नरेन श्रेष्ठको निर्देशन एवम अमोन रानाको कोरियोग्राफी भिडियोमा रहेको छ । ”कस्तो माया जाल “ गीतको भिडियोमा शुक्र लामा र आरती मगरको अभिनय रहेको छ।
”कस्तो माया जाल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया