गिरिजा प्रसाद कोइराला फाउण्डेशन विराटनगरमा छलफल।

कौशल निरौला २०७८ वैशाख ६ गते ०:५१ मा प्रकाशित

विराटनगर ५ बैशाख ।गिरिजाप्रसाद कोइराला फाउण्डेशनका पदाधिकारी बीच छलफल भएको छ।विराटनगर स्थित कोइराला निवासमा रहेको फाउण्डेसनमा अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरे,फाउण्डेशन प्रदेश १ का संयोजक शैलेन्द्र शिवाकोटी,मोरङ जिल्ला संयोजक कौशल निरौला,फाउण्डेसन विराटनगरका उपाध्यक्ष अरुण खेतान,मोरंग जिल्ला सदस्य शर्मिला पोखरेल अधिकारी,प्राध्यापक प्रमिला गच्छदार,तिनटोलिया समाज सेवा समितिका अध्यक्ष डिगेन्द्र राउत लगायतको सहभागिता रहेको थियो।छलफलमा फाउण्डेशनको भावि योजनाहरु बारे छलफल गरिएको थियो।कोरोना कहर पछीको शिक्षा र स्वास्थ्यका विषय राज्यको प्राथमिकतामा रहनुपर्ने सवाललाई उठान गरिएको थियो।

आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय अन्तरराष्ट्रिय सामाजिक संघ संस्थाहरूसँग समन्वय गरी अगाडी बढ्न सहभागीहरुले सुझाएका थिए।यस्तै विराटनगरमा बनिरहेको संग्राहलयको निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम चाडै सक्नु पर्नेमा जोड दिइएको थियो।नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाद्धारा स्थापित यस संस्थाले देश विदेशका विभिन्न स्थानमा सामाजिक कार्यहरु गर्दै आएको छ।

-कौशल निरौला

 

प्रतिक्रिया