भारतीय जनतालाई आकर्षित गर्न रु आठ करोडको लागतमा पार्टी प्लेस सञ्चालन

इनेप्लिज २०७८ वैशाख ५ गते १६:१३ मा प्रकाशित


विराटनगर,५ बैशाख।भारतीय जनतालाई आकर्षण गर्न विराटनगर–१२ स्थित पाञ्चाली सडकमा जग्गा सहित रु आठ करोडको लगानीमा ‘पार्टी प्लेस’को यही बैशाख ८ गतेदेखि सञ्चालनमा आउने भएको छ।

मोरङ,सुनसरी,झापा जिल्लाका सीमावर्ती भारतीय जनतालाई यस क्षेत्र विवाह, गोष्ठी एवं पारिवारिक कार्य लगायतका कार्यक्रममा आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको कञ्चनजङ्गघा पार्टी प्लेसका धनी भोला बरालले आज पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।

चार कठ्ठा १० धुर जग्गामा वातानुकूलित छ सय र १५०÷१५० को गरी जम्मा तीन बटा सभाकक्ष,विवाह कक्ष र १५० बटा सवारी साधन अटाउने पार्कको व्यवस्था गरिएको धनी बरालले बताउनु भयो।

यसैगरी प्लेसले पाहुनाका लागि ३० कोठाको विद्युतीय भर्यांग सहितको पाँच तल्ले भवन आगामी एक वर्ष भित्र निर्माण गर्ने लक्ष्यले कार्य भैरहेको उहाँले जानकारी दिनु भयो।

एकलरुपमा निर्माण गरिएको उक्त्त प्लेसले सम्पूर्ण निर्माण कार्य पश्चात भारतीय सहितको यस क्षेत्रका हुने विभिन्न सभा,समारोह आयोजना गर्न सहज सुविधा उपलव्ध हुनुका साथै ५० जनालाई प्रत्यक्ष रोजगारी उपलव्ध गराउने छ।

सोही अवसरमा प्लेसका धनी बरालले नेपाल पत्रकार महासङ्घ मोरङका नव निर्वाचित अध्यक्ष सन्जिव खनाल,सचिव नेत्र पि अधिकारी,सह सचिव अनिल श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भयो।

प्रतिक्रिया