
काठमाडौं।नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा ’ नामक गीत बजारमा आएको छ।यस गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन्।
लाकडाँकको निर्देशनमा रहेको यस गीतलाई स्यम लाकडाँकले संगीत भरेका छन।मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ।युवा अवस्थामा भएका जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिका विचको मायालाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको निर्देशक नौभाग्यले बताए।‘तिम्रो मनमा ’ गीतको भिडियोलाई लाकदाकले छायाँकन तथा सम्पदादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ ।यसमा विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको रोमान्टिक र जीवन्त अभिनय रहेको छ।
‘तिम्रो मनमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
https://www.youtube.com/watch?v=OmFc0UhK3AU
प्रतिक्रिया