काठमाण्डौ चैत्र ०४।निरन्तर नेपालि लोम संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन्।उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन्।प्रदिपको च्यानल मार्फत सार्बजनिक भएको गीतहरुमा सारै मन अत्त्याउने,मासको मस्यौरी,मेरी मायालाई,पिरती छ धेरै,कर्म खोटी,मुटु फुट्दा लगाएतका छन्।
यस भन्दा पहिले नै सार्बजनिक भैसकेका गीतहरुले अशंख्य श्रोता तथा दर्शक माया प्राप्त भैसकेपछि सर्जक प्रदिप अधिकारी यस बस्न सकेनन् र उनले अर्को गीत “सुर्ती जर्दाले” पनि सार्बजनिक गरिसकेका छन्।नेपाली लोक संगीत क्षेत्रका प्रतिष्ठित कलाकारहरुको संलग्नता रहेको यस गीतलाई प्रदिप स्वयम् ले लय तयार परेका हुन् भने शब्द रमेश बि.जी ले तयार हुन्।
“सुर्ती जर्दाले” बोलको गीतमा राजु परियार, समिक्षा अधिकारी, रबिन लामिछाने र मनमाया वाइवाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा सामुहिक स्वर धुर्बराजा धिताल, राजु सुनाम, रन्जन थापा मगर, जमुना सुनाम, पिमसारा आले मगर र सिता घिमिरेको रहेको छ।गीतको अडियो तथा भिडियोको सम्पूर्ण निकै बलियो बनेको कारणले नै यस गीतलाई छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको साथ् प्राप्त भएको छ।
“सुर्ती जर्दाले” बोलको गीतको म्युजिक भिडियोलाई निकै लामो समय यता निर्देशन तथा अभिनय यात्रालाई निखारपन ल्याउदैन समर्पित बहुप्रतीभाका खानि दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन्।उनले आफ्नो क्षमताले भ्याए सम्मका कला यस गीतको म्युजिक भिडियोमा उतारेका छन्।दिपेन्द्र द्वारा निर्देशित भिडियोमा शंकर बि.सी,अन्जली अधिकारी,बिमल अधिकारी, लक्ष्मी तिमल्सिना,निर आले,जिबन ज्ञवाली,सिर्जना किराती, मनोज बि.क, बिना बिस्वकर्मा, जोहन बम, रमिला रोका, शुस्मिता आले, बिक्रम नेपालि, मौनी मगर,लक्ष्मी शाही, सिद्धार्थ आले,खेम बा,र दिपेन्द्र तिमल्सिनाको अभिनय देख्न सकिन्छ।
भिडियोलाई छायांकन नबराज उप्रेती र समुहले गरेको हो भने सम्पादन मनोन मनोज कार्कीले गरेका छन्।
भिडियो हेर्न तल क्लिक गर्नु होला।
प्रतिक्रिया