विराटनगर,३ बैशाख।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा भोको पेट र खुल्ला छानामा वसोवास गर्ने सहयोगापेक्षीलाई उचित व्यवस्था गर्न महानगरपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ।
मानव सेवा आश्रम विराटनगर–१० स्थितको भवनमा रहेका सहयोगापेक्षीहरुलाइ आज विहानको भोजन गराउने क्रममा उहाँले विराटनगर–५ रहेका सहयोगापेक्षीहरुको बाँकी जीवन सहजयापन गराउन पाउँदा ज्यादै खुशी लागेको बताउनु भएको छ । प्रमुख पराजुलीले अहिलेको समयमा कतिपयले आफ्नो बाबुआमालाई समेत सेवा नगरिरहेको अवस्थामा आश्रमले सडकबाट ल्याएका सहयोगापेक्षीलाई उचित स्याहार गरेकोमा प्रशंसा गर्नु भयो।
महानगर प्रमुखकी धर्मपत्नी रन्जिता पराजुलीले आगामी दिनमा आश्रममा बसोवास गर्नेहरुलाई स्वास्थ्य उपचारको उचित व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। आश्रमका प्रमुख रामजी अधिकारी, सन्त कविर आश्रमका साहेव आर्दश दासले मानिसले आफ्नो जीवनमा गरेको सेवाको फल यही समयमा पाउने बताउनु भयो ।
आश्रमको विराटनगर–१० स्थित भवनमा चार बालबालिका सहित ७७ बसोवास गरेका छन्।
ं
प्रतिक्रिया