काठमाडौं बैशाख ०३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ।समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ।जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ।
निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ।गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नु होला।
प्रतिक्रिया