काठमाडौं – गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ।जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ।गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ।
बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन्।काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन्।
भिडियोमा ज्योती र काव्याका अलावा अनिश्का थापा,शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ ।भिडियोमा कुशल श्रेष्ठको निर्देशन,छायांकन,सम्पादन र परिकल्पना छ।भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ।
https://www.youtube.com/watch?v=9s5ut-JO0Ro
प्रतिक्रिया