डालो रेस्टुरेन्ट संचालनमा

इनेप्लिज २०७८ वैशाख २ गते २१:११ मा प्रकाशित

सिहदरबार पूर्वी गेट अगाडि अनामनगर,काठमाडौंमा २०७८ बैशाख १ गतेदेखि डालो रेस्टुरेन्ट संचालनमा आएको छ।संविधान सभाका अध्यक्ष पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सो रेस्टुरेन्टको हिजो उदघाट्न गर्नु भयो।

उदघाटनको दिन राष्ट्रियसभा सदस्य माननीय सुजाता परियार,साहित्यकारहरु मातृका पोखरेल,डा. शान्ति गिरी,सूर्य बी.सी.लगायतको उपस्थिति रहेको थियो ।

थकाली खाना सहित विभिन्न परिकारहरु पाइने सो रेस्टुरेन्टमा इलामको चिया,बम्बइसनलगायतका सामानहरु पनि उपलब्ध गराइएको छ।

न्याथम कलेज,काठमाडौंबाट होटल मेनेजमेन्टमा स्नातक गरेर कुक युनिभर्सिटी,अस्ट्रेलियाबाट स्नातकोत्तर र त्यहीँबाट एम बि ए गरेका रिपेश गुप्ताको व्यवस्थापनमा संचालित डालो रेस्टुरेन्टमा दिपेश गुप्ता र नविन बस्नेतको लगानी रहेको छ।

सो रेस्टुरेन्टको साजसज्जा प्रसंशनीय रहेको छ।

प्रतिक्रिया