काठमाडौं,३१ चैत
नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’भिडियो सार्वजनिक गरिएको छ।नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालको च्यानलबाट सार्वजनिक गरिएको हो।
यो लोक दोहोरी गीतलाई नयाँ पुस्ताकी गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन्।गीत यी दुईको स्वरमा निकै कर्णप्रिय बनेको छ।जसमा दिनेश परियारको शब्द,संगीत तथा एरेन्ज रहेको छ।
अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन्।यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी,सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत,समिक्षा भुजेललगायतको अभिनय रहेको छ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्।जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ।
यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ।भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ।
प्रतिक्रिया