सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’

इनेप्लिज २०७७ चैत २९ गते १४:०८ मा प्रकाशित

काठमाडौं
चैत २९ ।
प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ।प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत,उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

‘दिलमा सर्किट बनेर आइदेउन
चंचले मनको हर्टबीट बडाइदेउन’

गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री,उषा उप्रेतीलाई फिचरिङ गरिएको छ।सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ।गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ।

रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ।आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताउनुभयो।

यस्तै सङ्गीतकार सागर अधिकारीले एउटा राम्रो गीत पस्किएको बताउनुभयो।गीतको भिडियो पनि राम्रो बनेको उहाँले बताउँनु भयो । सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ आएको अधिकारी भन्नुहुन्छ।

प्रतिक्रिया