‘मन पराएँ तिमीलाई’ मा रजनीका साथ दुई सरोज

इनेप्लिज २०७७ चैत २८ गते १५:५० मा प्रकाशित

 


काठमाडौं,२८चैत्र।
अमेरिका निवासी गीतकार ज्ञानेश्वर तिवारीको शब्द,डेबिड शंकरको स्वर र दीपक शर्माको संगीतमा रहेको ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ।राजु अघिकारी निर्देशीत भिडियोमा सरोज खनाल,रजनी केसी र सरोज दाहालको अभिनय छ।

ओएसआर डिजिटलमार्फत शुक्रबार दर्शकमाझ ल्याइएको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको हो।नारीका साथै देशका बिबिध प्राकृतिक सम्पदाहरुको बर्णन गरिएको गीतमा प्रेमाभाव मिश्रण गरिएको छ।गीतमा अभिनेता खनाल बाबु र अभिनेत्री रजनी छोरीको भूमिकामा अभिनीत छन्।अम्बिका तिवारी (अधिकारी) निर्मात्री रहेको गीत जयराम थापाले खिचेको हुन्।आशुतोष अधिकारी एसोसिएट निर्देशक रहेको भिडियो सम्पादन मन्दिल श्रेष्ठले गरेका छन्।गीतले स्रोतादर्शकको मन जितिरहेको जानकारी निर्देशक अधिकारी दिएका छन्।

प्रतिक्रिया