प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन

इनेप्लिज २०७७ चैत २७ गते १२:२४ मा प्रकाशित

लण्डन ( जीएनएन )– बेलायती  महारानी एलिजाबेथ द्वितीयका पति, प्रिन्स फिलिप, को ९९ वर्षको उमेरमा निधन भएको छ ।

बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै युकेको समय अनुसार शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक निधन भएको जनाएको छ ।

प्रिन्स फिलिपले सन् १९४७ मा राजकुमारी एलिजाबेथसंग बिहे गरेका थिए । उनीहरुको बिहेको पांच वर्ष पछि राजकुमारी एलिजाबेथ ब्रिटेनको महारानी बनेकी थिइन।
उनले झन्डै ७० वर्ष महारानी एलिजाबेथ लाइ राजकाजमा सघाएका थिए।

हालै उनी बिरामी भए पछि झन्डै एक महिना अस्पतालमा उपचार गराएर निवास फर्किएका थिए।

बीबीसीका अनुसार प्रिन्स फिलिप र महारानीका चार जना छोराछोरी, आठ जना नाती नातिनी तथा १० जना पनाति पनातिनी छन्।

प्रतिक्रिया