स्थानीय भाषा जान्ने गणक खटाउनु पर्ने

इनेप्लिज २०७७ चैत २६ गते २१:१३ मा प्रकाशित

विराटनगर,२६ चैत(रासस):राष्ट्रिय जनगणना–२०७८ मा खटिने गणकहरु स्थानीय भाषा बोल्ने वाहुल्यता भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन्।

जिल्ला जनगणना कार्यालय क र ख द्वारा आज यहाँ आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीहरुले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने,सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने विराट राजवंंशीको भाषा,जातीको समूह जनाउने कोलम राख्नु पर्ने र स्वास्थ्य सम्वन्धमा दीर्घ रोगीका विषयमा आवश्यक कोलम राख्नु पर्ने जस्ता सुझाव दिनु भएको थियो।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना –२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्य सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिबार र तीन करोड जनसङ्ख्या हुने अनुमान व्यक्त गर्नु भयो ।मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसख्या,धर्म, संस्कृति,भाषा लगायतका क्षेत्रका समानुपाति समावेशी सिद्धान्तका रुपमा राज्यलाई सही तथ्याङ्कक उपलव्ध हुने विचार व्यक्त गर्नु भयो।

प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज वरालले जनगणना विधि र अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिको मार्फत गणकको छनौट गरेको जानकारी दिनुका साथै स्थानीयलाई प्राथमिकता दिएको बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूल घरबाट अन्यत्र वहाल वा कार्यको कारणवरण वसेकोका परिवारका सदस्यका सम्वन्धमा गणना दोहोरिने सम्वन्धमा सचेत हुन जरुरी रहेको धारणा राख्नु भयो।

गोष्ठीमा निजामती कर्मचारी, विभिन्न सङ्घसंगठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया