सपन श्रेष्ठको “ट्रेन्डिङ नं १” मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

इनेप्लिज २०७७ चैत २३ गते २१:२९ मा प्रकाशित

नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को “तिमी यसै लजायो” ,”बोलायो बोलायो पोखरेली मायाले” र ,”लै बरी लै” जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन ।

गायिका स्मिता दाहाल र सपन श्रेष्ठको “हाम्रो माया ट्रेन्डिङ नं १” मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ।सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ।पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ , यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ।यस गीतमा पनि गायक सपन श्रेष्ठले दुई लाई फिचर्ड गराएर यस भिडियो बाट राम्रै आशा राखेका छन।”मैले अहिलेको ट्रेन्ड लाई फलो पक्कै गरेको हुँ तर गीतले नै दुई लाई मागेको हुनाले फिचर्ड गराएको हुँ ,राम्रै भएको छ म खुशी छु ” गायक सपन श्रेष्ठ।

गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटि लाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ। गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ।

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन तथा कलर,सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ।कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाको रहेको यस गीतको भिडियो लाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ

प्रतिक्रिया