लोकको ‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स ( भिडियो )

इनेप्लिज २०७७ चैत २२ गते १७:०७ मा प्रकाशित

काठमाडौँ।गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ।गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया