“काँडा” लिएर आईन अन्जु पन्त (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २२ गते १६:३३ मा प्रकाशित

काठमाडौँ – लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गित ‘काँडा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।गीतकार बिन्दु प्रशाद अधिकारीको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गित ‘काँडा’ को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ।

प्रबासमा बसेर डिजिटल प्रबिधि माध्यम मार्फत म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिरा काजि थापाको निर्देशन रहेको म्युजिक भिडियोलाइ गौरब गिरीले कोरियोग्राफी गरेका छन्।त्यसैगरी भिडियोलाइ दिपक गिरीले छायांकन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ।सार्बजनिक भिडियोमा भद्र जंग कुँवर,समिक्षा बस्नेत,संगम पाण्डे र आरति आले मगरलाई फिचर्ड गरिएको छ।निर्माता समेत रहेका हिरा काजि थापा भिडियो निर्माण गरेका हुन्।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया