काठमाडौँ।गायक कुशल गुरुगंको नयाँ गीत ‘भुल गरेछु’को म्यूजिक भिडियो बजारमा आएको छ।गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ।महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ।जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरु भिडियोमा देख्न सकिन्छ।
कुशलले आफ्नो प्रेम पाउन लाख कोशिस गरेता पनि असफल भएसँगै उनले भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निश्कर्ष निकालेका छन्। अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन्।शान्तीको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ।संगीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो।निकै चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिनहरु भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन्।भन्छन् ‘मकाउका रमाइला र मनमोहक दृश्यहरुले दर्शकलाई अझै रोमाञ्चक बनाउँने आशा छ।’ भिडियोको सम्पादन र छायांकन पनि निर्देशक तुलाकै रहेको छ।जसको निर्माता हुन् शान्ती राई।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया