क्यानडामा चौथौं “विश्व नेवाः दिवस ” सम्पन्नः ब्राम्प्टन मेयर पाट्रिक ब्राउन द्वारा नेवाः संस्कृति र सम्पदाको प्रशंसा

इनेप्लिज २०७७ चैत २१ गते २:४९ मा प्रकाशित

टोरोन्टो, चौथौं “विश्व नेवाः दिवस “को उपलक्षमा क्यानेडियन नेवाः गुठिले भर्च्युयल रुपमा बिबिध कार्यक्रम सहित मनाएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुदै ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउन द्वारा नेवाः समुदायको उत्कृस्ट संस्कृति र सम्पदाको प्रशंसा गर्नु हुदै नेवाः समुदायको उपस्थितिले ब्राम्प्टन नगरको बहु सास्कृतिक ईन्द्रेणी अझ बढि फराकिलो भएको छ भन्नु भयो।१० बर्ष अगाडी आफ्नो नेपाल यात्राको स्मरण सुनाउनु हुदै काठमाण्डौ उपत्यकाको कलाकृति र सम्पदाको मुग्ध कण्ठले सह्राना गर्नु भयो भने अतिथिहरुलाई ह्र्दय देखि स्वागत गर्ने नेपाली परम्परा प्रशंसनिय छ भन्नु भयो। पदयात्राको क्रममा प्राकृतिक मनोहरताको साथ साथै “मोमो” परिकार आफुलाई असाध्यै मनपरेको बताउनु भयो।मेयर ब्राउनले थप्नु भयो ” नेपाल भ्रमण एक पटकले धीत नमर्ने भएकोले अनुकुल समयमा फेरि नेपाल भ्रमण गर्ने बताउनु भयो।

कार्यक्रमको शुरुमा नेवाः सास्कृतिक पहिरनमा सजिएकी आयुशी अवालले उपस्थित सबैलाई स्वागत गर्नु भयो भने गुठिका महासचिब बिमल श्रेष्ठले गुठिको तर्फ बाट सबैलाई स्वागत गर्नु हुदै प्रमुख अतिथिको रुपमा ब्राम्प्टन मेयरलाई स्वागत गर्न पाउँदा खुसी लागेको र आगामि दिनहरुमा नेपालको ललितपुर नगरपालिका संग भगिनित्व सम्बध र नेपालको झण्डा दिवस मनाउने बारेमा सहकार्य गरिने जानकारि दिनु भयो।

गुठिका अध्यक्ष प्रकाश प्रधानले कलात्मक पानसमा दीप प्रज्वलित गरि कार्यक्रमको उदघाटन गर्नु भएपछि बोल्नु हुदै नेवाः संस्कृति र सम्पदाको बिस्व ब्यापी जागरण र संबर्द्दनको उदेश्यले यो दिवस मनाउदै आएको बताउनु भयो।उनिले क्यानडामा सबैको सास्कृतिक बिकाशको लागि सरकार द्वारा सहयोग गर्दै आएकोमा खुशी ब्यक्त गर्नु भयो।उदघाटन पछी रंजना सैन्जु र अमर सैन्जु ले सिटार तथा मुर्चुंङामा मंगल धुन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा बिशेष अतिथि बिस्व नेवाः संगठनका अध्यक्ष शिजन श्रेष्ठले बिस्व भरि छरिएर रहेका नेवाः समुदायलाई एकताबद्द गरि अमुल्य नेवाः संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्ने उद्देश्यले गत ४ बर्ष देखि बिस्व नेवाः दिवस मनाउने थालनी गरेको बताउनु हुदै मुलुकको कला संस्कृति सम्पदामा उ्चतम योगदान हुदा हुदै पनि नेवाः समुदाय प्रताडीत भएर रह्नु परेको छ भन्नु भयो। “यो जागरण बिश्वब्यापी बनाउन हामी सबैले प्रयास गरेमा हामी एक दिन सफल हुने छौं” अध्यक्ष श्रेष्ठले भन्नु भयो।

अर्का बक्ता ब्रोक बिस्वबिद्यालयका प्रा. डा. टम ओ नीलले नेवाः दिबसको उपलशमा शुभकामना ब्यक्त गर्नु हुदै गुठिका कार्यक्रमहरु को सराहना गर्नु हुदै गुठिको कार्यक्रममा आफ्नो जहिले पनि सक्दो सहयोग रहि रहने प्रतिबद्दता जनाउनु भयो।कार्यक्रममा अर्का बक्ता नेपलिज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा. हरि गुरुङ्ले क्यानेडियन नेवाः गुठि बृहत्तर टोरोन्टो क्षेत्रको एउटा नमुना सामुदायिक संस्थाको रुपमा रहिआएको बिचार ब्यक्त गर्नु हुदै नेवा दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो।

अतिथि बक्ता टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्द धर्मका बिभिन्न पक्षमा पिएच. डी. गर्दै आउनु भएका ईयन टर्नरले आफ्नो अनुसन्धानको क्रममा नेवाः संस्कृति, भाषा,परम्परा समृद्द र अमुल्य रहेको बताउनु हुदै यस्तो अमुल्य निधिलाई संसार भरी फैलाउनु सबैको जिम्मेवरि हो भन्नु भयो।साथै उनीले यो अमुल्य निधिको संरक्षण कार्यमा युबाबर्गलाई संलग्न गराउनु पर्छ भनि सुझाउनु भयो।त्यस्तै सोहि बिस्वबिद्यलयमा नेवाः बौद्द धर्म अन्तर्गत ” बज्र्योगिनि” बिषयमा पिएच. डी. गर्दै आउनु भएकी आम्बर मूरले नेवा दिबसको उपलक्षमा सबैलाई शुभकामना ब्यक्त गर्नु हुदै नेवाः सम्पदा भाषा,संस्कृतिको दृष्टीकोण बाट सम्पन्न रहेको बताउनु हुदै आफ्नो अनुसन्धानको बिषयमा छोटो जानकारी दिनु भयो।

कार्यक्रमको दोश्रो चरण नेवाः सम्पदाका बिबिध बिषयका बारेमा जानकारीमूलक प्रबचनको क्रममा ” सम्पदा संरक्षणमा युबा बर्गको भूमिका” बारे बोल्नु हुदै युवा समितिका आयुष्ना श्रेष्ठ तथा अबिस श्रेष्ठले आफूहरुले गुठिको माध्यमबाट नेवाः संस्कृति बारे धेरै जान्ने मौका पाएको बताउनु भयो। “नेवाः अमुर्त सम्पदा” बारे प्रकाश पार्नु हुदै सोसियल वर्कर प्रकिशा प्रधानले नेवाः समुदायको सानो सानो परम्परामा पनि अमुर्त सम्पदा लुकेर बसेको हुन्छ जुन हामीले समुदायलाई बुझाउन सक्नु पर्छ भन्नु भयो।

” नेवाः समुदायको निर्माण प्रबिधि” बारे चर्चा गर्नु हुदै गुठिका सचिब डा.प्रज्वल प्रधानले नेवाः समुदायको निर्माण शैली र प्रबिधि परापूर्बकाल देखि सशक्त, बाताबरण मैत्री तथा भूकम्प प्रतिरोधक रहेको जानकारी दिनु हुदै घर तथा मन्दिर निर्माणमा प्रयोग गरिने दलिन ,थाम र चुकुलहरु सामान्य तर बैज्ञानिकतामा आधारित रहेको बताउनु भयो।” गुठि र यसको निरन्तरता” बारे प्रकाश पार्नु हुदै गुठि का उपाध्यक्ष उत्तम माकजुले शताब्दियौं अघि शुरु भएको गुठि ब्यबस्था आज निरन्तर भैरह्नुमा यसमा अन्तरनिहित तत्वहरु सामाजिक,आर्थिक तथा बाताबरणिय पक्ष हो भन्नु हुदै गुठिकै कारणले गर्दा नेपालको कला संस्कृति जीबन्त भै आज संसारमा परिचित भैरहेको छ भन्नु भयो।

प्रबचन कार्यक्रम पछि शुभद्रा गुरुङ्ले बुद्द बन्दना प्रस्तुत गर्नु भयो भने गुठिका जन सम्पर्क प्रमुख सुमन राजवंशीले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नु भयो।कार्यक्रमको अन्त्यमा सहभागिहरुले फागु (होलि) खेलेका थिए भने बिमल श्रेष्ठ,प्रकाश प्रधान,रंजना सैजु,अम्बर सैन्जु, लक्ष्मण मुनि श्रेष्ठ,डा. हरि गुरुङ,डा. प्रज्वल प्रधान,सुमन राजवंशी,रबिन प्रधान लगायतले फागु गीत, फागु धुन,नेवाः लोक गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया