दिगो विकासमा काम गर्नेलाई रु १० लाखको पुरस्कार

मोहम्मद सदरुल २०७७ चैत २० गते ९:४८ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, २० चैत(रासस):जीवन विकास समाजले ‘गरिबी रहित समाज’ निर्माण अभियानमा जुटेको छ।विसं २०५४ मा स्थापना भएको यो समाजको अहिले प्रदेशको सात वटा जिल्लामा ७५ वटा शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शिक्षा,स्वास्थ्य,कृषि,जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुत्रतिका लागि प्रयासरत यो संस्थाले वित्तीय क्षेत्रमा पनि काम गरिरहेको छ।समूह बनाई बिना धितो क्रृण प्रदान गरिरहेको यो संस्थाले आय आर्जन र बचत गर्ने बानीको विकास पनि गरिरहेको छ।

सबैका लागि स्वच्छ उर्जा कार्यक्रमबाट हजरौँ घर परिवारमा नवीकरणीय उर्जाका सेवाहरु मार्फत(सोलार,वायोग्यास तथा सुधारिएको चुलो) लाभान्वित भएका छन् ।विपन्न समुदायका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत एक लाख भन्दा बढीको सुरक्षित आवास निर्माण सुविधा प्रदान गरेको समाजले आत्मनिर्भर बनाउने अभियान अन्तर्गत आधुनिक तवरमा कृषि उत्पादन कार्यमा टेवा पुग्ने गरी विभिन्न स्थानमा नमूना कृषि उत्पादनका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा समाजका निर्देशक एवं संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो।

उहाँले लघु वित्त कार्यक्रमबाट प्रदेशका दुई लाख समाजका सदस्यहरुले लाभ लिएको बताउँदै पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पत्र विद्यालय स्थापना,सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षण सिकार्इृका लागि सामुदायिक विद्यालयसँग सहकार्य,अतिविपत्र समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम तथा नमूना बाल शिक्षा केन्द्रको स्थापना जस्ता सामाजिक कार्य गरिरहेको बताउनुभयो।

निर्देशक मण्डलले ‘नव बिहानी’नामक किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्दा उमेर नपुगेका किशोरीहरुको विवाहमा नियन्त्रण भएको जानकारी दिँदै उद्यमशीलता युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिनुभयो।

दिगो विकासका लागि तय गरिएका विभिन्न लक्ष्यमध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षाको पहुँचको क्षेत्रमा उल्लेखनीय कार्य गरे वापत प्रतिस्पर्धात्मक विधिबाट समाजले‘द अरब गल्फ प्रोग्राम फर डेभल्पमेन्ट’इन्टरनेश्नल प्राइज–२०१७ बाट प्राप्त अमेरिकन डल तीन लाख( रु.तीन करोड २४ लाख) रकममा समाजले त्यतिनै रकम थप गरी रु.छ करोड ४८ लाखबाट केही रकम खर्च गरी रु.पाँच करोडको स्थायी कोष निर्माण गरेको छ।

कोषको ब्याजबाट आउने रकम दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सरकारी,गैरसरकारी सङ्घसंस्था तथा पत्रकारहरुलाई समेत लक्षित गरी यसै वर्ष देखि वार्षिक रुपमा रु.१० लाख बराबरको पुरस्कार प्रदान गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सूचना पनि जारी भइसकेको निर्देशक मण्डलले बताउनुभयो।पहिलो,द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु.पाँच लाख,तीन लाख र दुई लाख रहेको बताइएको छ।

दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरण सम्बन्धी व्यवस्थापनका लागि काठमाण्डौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति बनेको पत्रकार सम्मेलनमा निर्देशक समिमितका सदस्य महाजन शर्माले जानकारी दिनुभयो।

यही चैत २५ गतेसम्म आवेदन पेश गर्ने गरी सूचना जारी भएको पुरस्कार प्राप्तिका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्ने गैरसरकारी संस्था,शैक्षिक संस्था पत्रकारहरुले तोकिएको अवधिमा आवेदन पेश गर्नु पर्ने सदस्य शर्माले बताउनुभयो।

प्रतिक्रिया